किकम्पा मन्टेश्वरी प्रि स्कूल, सुर्यविनायक इतबुँका प्रिन्सिपल राजेश लाखासँगको आइकन संवाद

किकम्पा मन्टेश्वरी प्रि स्कूल, सुर्यविनायक इतबुँका प्रिन्सिपल राजेश लाखासँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, वैशाख १४ । भक्तपुरको सुर्यविनायकमा अवस्थित किकम्पा मन्टेश्वरी प्रि स्कूल, सुर्यविनायक नगरपालिका वडा नं. ८ इतबुँको आगामी नयाँ शैक्षिक सत्र २०८० को योजनाहरुका बारेमा सोहि विद्यालयका प्रिन्सिपल राजेश लाखासँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१. सर्वप्रथम किकम्पा मन्टेश्वरी प्रि स्कूलको बारेमा जानकारी दिनुहोस।

– यस मन्टेश्वरी वि.स २०७५ साल माघ ३ गते विधिवत रुपमा स्थापना गरी संचालनमा ल्याएको हो । हाल सुर्यविनायक नगरपालिका वडा नं. ८ इतबुँमा चार रोपनी क्षेत्रफलमा रमणिय वातावरणमा संचालन भइरहेको छ । किकम्पा क्लचरल एकेडेमीका कलाकारहरुको संयुक्त प्रयासमा भक्तपुरमै आफ्नो छुटै ब्राण्ड बनाई सम्पूर्ण अभिभावकहरुका बाबुनानीहरुलाई सर्वसुलभ तरिकाले शिक्षा दिने सोचले खोलिएको हो ।

२. यस मन्टेश्वरी स्कूलले विद्यार्थीहरुको पठन पाठन अनि सर्वाङ्गिण विकासका लागि के कस्ता क्रियाकलापहरु गर्दै आएको छ ?

– “We Learn With Fun ” भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालयले नानीहरुको सर्वाङ्घिण विकासका लागि विभिन्न प्रकारका गतिविधिहरु गराउदै आएको छौं । जस्तै Kikampa Social Greating Program, Every Friday Physical and Mental Games, Moral Education, Meditation, Super market Visit, Education Excursion आदि।

३. यस स्कूललाई नै अभिभावक अनि विद्यार्थीले रोज्नु पछाडिको कारणहरु के के रहेका छन् ?

– यस विद्यालयलाई नै अभिभावक ले रोज्नु पछाडिको कारण भनेको यहाँका भौतिक पुर्वाधार , ४ रोपनी क्षेत्रफलमा अवस्थित खुल्ला क्षेत्र, अनुभवी शिक्षक शिक्षिका , बाबुनानिहरुलाई दिइने स्वस्थकर खाजा, खाना, गुणस्तरिय शिक्षा र पारिवारिक वातावरण नै रहेका छन्।

४. नयाँ शैक्षिक सत्र २०८० का लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?

– यस स्कुलले हरेक वर्षमा रणनीतिक योजना कार्यक्रम गर्दै आएको छ र सो योजना अनुसार कार्य सम्पादन गर्दै आएको छ। जस अन्तर्गत Music Class, Dance Class, Taekwondo Class, Drawing Class , Social Work लगायतका क्रियाकलाप हरुलाई निरन्तरता दिने योजना रहेको छ। साथै कक्षाको अवधि पनि बढाउने योजना रहेको छ।

५. नेपालमा मन्टेश्वरी स्कूलले भोग्दै आएका समस्या र चुनौतिहरु के के रहेका छन् ?

– अहिले अभिभावकहरु मन्टेश्वरीमा राख्न उत्साहित छन् तर कति अभिभावकहरुलाई मन्टेश्वरी भनेको के हो यसको उद्वेश्य के हो लगायतका कुराहरु थाहा छैन। हामीले अभिभावकहरुलाई सक्दो बुझाउदै आइरहेका छौं । सरकारले मन्टेश्वरी शिक्षा प्रति ध्यान दिन सकिरहेको छैन जसले गर्दा नीति नियमहरु नहुँदा मन्टेश्वरी बीचमै अल्मलिरहेको देखिन्छ। आशा गरौ सम्बन्धित निकायले अब उपरान्त मन्टेश्वरी शिक्षालाई पनि विशेष ध्यान दिनेछ।

६. यसको समाधानका लागि विद्यालय पक्ष र स्थानिय सरकारको भूमिका के हुन सक्छ ?

– समय सापेक्ष रुपमा मन्टेश्वरी शिक्षाको आवश्यकता र महत्वलाई पर्याप्त रुपमा सरकारले नीतिनियम बनाउनु पर्छ जसले गर्दा मन्टेश्वरी स्कुल पक्ष र सरकार पक्ष आपसी समन्वयमा अगाडि बढ्न सकिन्छ । त्यसैगरि सम्बन्धित विषयमा यी दुवै पक्ष वार्षिक वा अर्धवार्षिक रुपमा गोष्ठी ,तालिम आयोजना गर्नु पर्ने देखिन्छ ।

७. तपाईंको विद्यालयमा अध्य्यनरत र नया भर्ना भएका विद्यार्थी वर्गलाई कसरी मार्ग निर्देशन गर्नु हुन्छ ?

– यस किकम्पा मन्टेश्वरीको उद्वेश्य भनेको देशको लागि एक सच्चा नगारिक तयार गर्नु हो। विद्यार्थी बाबुनानिहरुले आफ्नो अध्ययनसँगै व्यवहारिक शिक्षालाई पनि सिक्नु पर्ने र सिकाउनमा हामी तल्लिन छौं र यहि कुरालाई मार्ग निर्देशित गर्छौं।

८. अन्तिमा तपाईका अभिभावक अनि विद्यार्थी साथै शुभचिन्तकहरु प्रति सन्देश के रहेको छ ?

– विश्वासनै ठुलो कुरा हो। अभिभावक को विश्वास ले नै हामीले आफ्नो पाईला अघि बढ्न प्रेरणा मिलिरहेको छ। त्यस प्रति अभिभावक र विद्यालयका शुभचिन्तक माझ आभारी छौं। उहाँहरुको सल्लाह, सुझावले नै सदैव अघि बढ्ने छौं। र अन्तिममा आइकन खबरलाई धेरै धेरै धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2023
Website | + posts