ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य दिन सबै ग्यास उद्योगलाई निगमको निर्देशन

ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य दिन सबै ग्यास उद्योगलाई निगमको निर्देशन : Icon Khabar

काठमाडौं, कार्तिक १० । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

ग्यास विक्रेताले बिक्रीपछि बिल नदिएको गुनासो बढेपछि निगमले उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेतामार्फत अनिवार्य बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

उपभोक्ता ठगी तथा कालोबजारीको जोखिम घटाउँदै बजारमा पारदर्शिता कायम गर्न भ्याट बिल अनिवार्य गरिएको निगमले जनाएको छ। निगमले यसअघि पनि ३० साउन २०८१ र १० माघ २०८१ मा यस्तो व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ।

Published Date: 27 October 2026


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक