दीपक र विलियम चम्कँदा सातदोबाटोको सानदार जित

दीपक र विलियम चम्कँदा सातदोबाटोको सानदार जित : Icon Khabar

काठमाडौँ, वैशाख १३ । विलियम ओपोकु र दीपक राज सिंह ठकुरी चम्कँदा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोले संकटा क्लबमाथि ४–० को सानदार जित दर्ता गरेको हो । सातदोबाटोको जितमा विलियम र दीपकले समान दुई गोल गरे । सातदोबाटोले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थिए ।

च्यासल रंगशालामा बुधबार भएको खेलको १०औं मिनेटमा विलियमको गोलबाट सातदोबाटोले १–० को अग्रता लिन सफल भयो । १९औं मिनेटमा विलियमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

दोस्रो हाफको दुवै गोल दीपकको नाममा रह्यो । ६८औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए । ८२औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै सातदोबाटोलाई सानदार जित दिलाए ।

यस जितसँगै सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा १५ अंक जोडेर नवौं स्थानमा छ ।

Published Date: 26 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक