दीपक र विलियम चम्कँदा सातदोबाटोको सानदार जित

दीपक र विलियम चम्कँदा सातदोबाटोको सानदार जित : Icon Khabar

काठमाडौँ, वैशाख १३ । विलियम ओपोकु र दीपक राज सिंह ठकुरी चम्कँदा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोले संकटा क्लबमाथि ४–० को सानदार जित दर्ता गरेको हो । सातदोबाटोको जितमा विलियम र दीपकले समान दुई गोल गरे । सातदोबाटोले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थिए ।

च्यासल रंगशालामा बुधबार भएको खेलको १०औं मिनेटमा विलियमको गोलबाट सातदोबाटोले १–० को अग्रता लिन सफल भयो । १९औं मिनेटमा विलियमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

दोस्रो हाफको दुवै गोल दीपकको नाममा रह्यो । ६८औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए । ८२औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै सातदोबाटोलाई सानदार जित दिलाए ।

यस जितसँगै सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा १५ अंक जोडेर नवौं स्थानमा छ ।

Published Date: 26 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास