निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान : Icon Khabar

तनहुँ, वैशाख १२ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे।

प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई सुशासन, विकास र समृद्धितर्फ अघि बढ्न शुभकामना दिए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई शान्तिपूर्ण वातावरण स्वच्छ, निष्पक्ष एवम् भयरहित तवर वाट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे भने नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका थिए।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय