सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो

सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, वैशाख १० । खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।

च्यासल रंगशालामा आइतबार भएको सातदोबाटो र शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोका लागि दुवै गोल दीपक राज सिंह ठकुरीले गर्दा शेर्पाका निशान लिम्बु र सुशील राईले बराबरी गोल फर्काए ।

यस बराबरीसँगै सातदोबाटोले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान १८ अंक नै रहेपनि चर्च ब्वाइज र थ्री स्टार गोलअन्तरमा दोस्रो र तेस्रोमा छ । शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा यथावत छ ।

Published Date: 23 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास