सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो

सातदोबाटो युथ क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकियो : Icon Khabar

काठमाडौँ, वैशाख १० । खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ ।

च्यासल रंगशालामा आइतबार भएको सातदोबाटो र शेर्पाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोका लागि दुवै गोल दीपक राज सिंह ठकुरीले गर्दा शेर्पाका निशान लिम्बु र सुशील राईले बराबरी गोल फर्काए ।

यस बराबरीसँगै सातदोबाटोले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान १८ अंक नै रहेपनि चर्च ब्वाइज र थ्री स्टार गोलअन्तरमा दोस्रो र तेस्रोमा छ । शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा यथावत छ ।

Published Date: 23 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक