२५६७ औँ बुद्धजयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा तयारी हुँदै

२५६७ औँ बुद्धजयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा तयारी हुँदै : Icon Khabar

लुम्बिनी, वैशाख १० । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही वैशाख २२ गतेको दिन परेको २५६७ औँ बुद्धजयन्तीको तयारी भइरहेको छ ।

मुख्य उत्सव समितिको संयोजकत्वमा लुम्बिनी विकास कोषका उपाध्यक्ष विक्खु अवधेशकुमार त्रिपाठी र उपसमितिको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवी उपसमितिको संयोजकत्वमा एलडीटीका सदस्य–सचिव सानुराजा शाक्य, प्रसार समितिको संयोजकत्वमा एलडीटीका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र हलिउडका सदस्य सचिव रहेका छन् ।

कोषका योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा सरसफाइ तथा रुख प्रत्यारोपण उपसमितिले यसका साथै अन्य विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

बुद्धजयन्तीको औपचारिक बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र सोहीअनुसार तयारी भइरहेको कोषका सदस्य सचिव शाक्यले जानकारी दिए । कार्यक्रममा नेपालका लागि विभिन्न राष्ट्रका राजदूतहरुलाई आमन्त्रण गरिएको छ ।

बुद्धजयन्तीमा आयोजना हुने कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त र मोक्ष प्राप्त भएको दिनको रुपमा पनि बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतम जो बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध भनेर चिनिन्छन्, जसको जन्म ईसापूर्व ६२३ मा वैशाख महिनाको पूर्णिमाको दिन भएको थियो।

Published Date: 23 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास