२५६७ औँ बुद्धजयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा तयारी हुँदै

२५६७ औँ बुद्धजयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा तयारी हुँदै : Icon Khabar

लुम्बिनी, वैशाख १० । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही वैशाख २२ गतेको दिन परेको २५६७ औँ बुद्धजयन्तीको तयारी भइरहेको छ ।

मुख्य उत्सव समितिको संयोजकत्वमा लुम्बिनी विकास कोषका उपाध्यक्ष विक्खु अवधेशकुमार त्रिपाठी र उपसमितिको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवी उपसमितिको संयोजकत्वमा एलडीटीका सदस्य–सचिव सानुराजा शाक्य, प्रसार समितिको संयोजकत्वमा एलडीटीका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र हलिउडका सदस्य सचिव रहेका छन् ।

कोषका योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा सरसफाइ तथा रुख प्रत्यारोपण उपसमितिले यसका साथै अन्य विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

बुद्धजयन्तीको औपचारिक बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र सोहीअनुसार तयारी भइरहेको कोषका सदस्य सचिव शाक्यले जानकारी दिए । कार्यक्रममा नेपालका लागि विभिन्न राष्ट्रका राजदूतहरुलाई आमन्त्रण गरिएको छ ।

बुद्धजयन्तीमा आयोजना हुने कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त र मोक्ष प्राप्त भएको दिनको रुपमा पनि बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतम जो बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध भनेर चिनिन्छन्, जसको जन्म ईसापूर्व ६२३ मा वैशाख महिनाको पूर्णिमाको दिन भएको थियो।

Published Date: 23 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक