बनेपामा प्राधिकरणले १३२/११ केभी सबस्टेसन निर्माण गर्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु

बनेपामा प्राधिकरणले १३२/११ केभी सबस्टेसन निर्माण गर्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु : Icon Khabar

काठमाडौं, वैशाख ७ । काभ्रेमा १३२/११ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

बनेपा नगरपालिका–५ मा निर्माण हुन लागेको सबस्टेसनका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी अधिग्रहण प्रक्रिया सुरु गरेको छ । विज्ञप्तिमा घर तथा संरचनाको मुआब्जा दाबी गर्न सम्बन्धित व्यक्तिलाई २० दिनभित्र औपचारिक निवेदन दिन आग्रह गरिएको छ ।

तोकिएको समयभित्र निवेदन नपठाई म्याद गुज्रेमा कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । १६ जनाको नाममा १४ वटा जग्गा अधिग्रहण हुन लागेको हो ।

काभ्रेको आगामी ३० वर्षको विद्युत् माग पूरा गर्ने गरी सबस्टेसन निर्माण गर्न लागिएको हो । पूर्वाधारको अभावमा सबस्टेसन निर्माणका कारण भविष्यमा लोडसेडिङको अवस्था अन्त्य हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा थप भरपर्दो विद्युत आपूर्ति र आपतकालीन विद्युत् कटौतीको समस्या समाधान गर्ने योजनामा ​​काम गरिरहेको छ । उपत्यका भित्रका ६६ केभी, १३२ केभी र २२० केभी प्रसारण लाइन र सबस्टेसनको संरचनागत सुधार, स्तरोन्नति र विस्तार पनि गरिने भएको छ । उपत्यकामा मात्रै प्राधिकरणले ६० अर्ब रुपैयाँ खर्च गरेर प्रणाली सुधार गरिरहेको छ ।

Published Date: 20 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास