बनेपामा प्राधिकरणले १३२/११ केभी सबस्टेसन निर्माण गर्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु

बनेपामा प्राधिकरणले १३२/११ केभी सबस्टेसन निर्माण गर्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु : Icon Khabar

काठमाडौं, वैशाख ७ । काभ्रेमा १३२/११ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

बनेपा नगरपालिका–५ मा निर्माण हुन लागेको सबस्टेसनका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी अधिग्रहण प्रक्रिया सुरु गरेको छ । विज्ञप्तिमा घर तथा संरचनाको मुआब्जा दाबी गर्न सम्बन्धित व्यक्तिलाई २० दिनभित्र औपचारिक निवेदन दिन आग्रह गरिएको छ ।

तोकिएको समयभित्र निवेदन नपठाई म्याद गुज्रेमा कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । १६ जनाको नाममा १४ वटा जग्गा अधिग्रहण हुन लागेको हो ।

काभ्रेको आगामी ३० वर्षको विद्युत् माग पूरा गर्ने गरी सबस्टेसन निर्माण गर्न लागिएको हो । पूर्वाधारको अभावमा सबस्टेसन निर्माणका कारण भविष्यमा लोडसेडिङको अवस्था अन्त्य हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लामा थप भरपर्दो विद्युत आपूर्ति र आपतकालीन विद्युत् कटौतीको समस्या समाधान गर्ने योजनामा ​​काम गरिरहेको छ । उपत्यका भित्रका ६६ केभी, १३२ केभी र २२० केभी प्रसारण लाइन र सबस्टेसनको संरचनागत सुधार, स्तरोन्नति र विस्तार पनि गरिने भएको छ । उपत्यकामा मात्रै प्राधिकरणले ६० अर्ब रुपैयाँ खर्च गरेर प्रणाली सुधार गरिरहेको छ ।

Published Date: 20 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक