१३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा टीकाराम र सोनुलाई स्वर्ण

१३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा टीकाराम र सोनुलाई स्वर्ण : Icon Khabar

काठमाडौं, बैशाख ३ । सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् ।

छात्रमा टीकारामले ४ मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गरे । ललितपुरका प्रवीण लिम्बू दोश्रो तथा नुवाकोटाका दिनेश राई तेश्रो भए । छात्रामा सोनुले निर्धारित दूरी ५ मिनेट ३६.३ सेकेन्डमा तय गरिन् । दोलखाकी खिरकुमारी खड्का दोश्रो तथा काठमाडौंकी आयुष्मा आचार्य तेश्रो भए ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए । नवीनले १.७३ मिटर उचाई नाघे । चितवनका समिर चौधरी दोश्रो तथा धादिङका रोजन श्रेष्ठ तेश्रो बने । छात्रामा १.३३ मिटर उचाई नाघेकी काठमाडौंकी अनु भुषाल शीर्ष स्थानमा रहिन् । धादिङकै शषिता तामाङ दोश्रो तथा काठमाडौंकी अस्विना कार्की तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जिते । आयुशले निर्धारित दूरी ५४.६२ सेकेन्डमा पूरा गरे । काभ्रेका प्रदीप माझीले रजत तथा काठमाडौंका सन्तबहादुर दराईले कांस्य जिते । सो स्पर्धाको छात्रामा नुवाकोटकी आस्था राईले निर्धारित दूरी १ मिनेट १०.८१ सेकेन्डमा सकाउदै पहिलो बनिन् । रामेछापकी भगवती खड्का दोश्रो तथा भक्तपुरकी उर्जा मधिकर्मी तेश्रो  भए ।

छात्र सटपुटमा रसुवाका विश्वास घले प्रथम भए । उनले १२.५२ मिटर टाडा फाले । दोलखाका जगनबहादुर श्रेष्ठ द्वितीय तथा काभ्रेका समिर शाह तृतीय भए । उक्त स्पर्धाको छात्रामा चितवनकी अप्सरा श्रेष्ठले पहिलो स्थान हात पारिन् । अप्सराले ८.१० मिटर टाडा फालिन् । रामेछापकी सजिना तामाङ दोश्रो तथा सिन्धुपाल्चोककी विस्म तामाङ तेश्रो भए ।

छात्र ४ गुणा १ सय मिटर रिलेमा मकवानपुर पहिलो, चितवन दोश्रो तथा सिन्धुली तेश्रो भए । सो स्पर्धाको छात्रामा चितवन, धादिङ र भक्तपुर क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टटेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् । विभिन्न १३ जिल्लाका १ हजार २ सय ७० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2023
Website | + posts