बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय : Icon Khabar

काठमाडौं, चैत २९ । बैंकहरुले बैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने भएका छन्। नेपाल बैंकर्स सँघले बैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले बताए।

संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशतमा झारीएको छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।  कल डिपोजिटको ब्याज दर २.७ प्रतिशतमा झारेका छन्।

बैंकहरुलाई ब्याजदर घटाउन चर्को दवाव दिइदै आएको थियो। गत फागुनमा करिब १० प्रतिशतले ब्याजदर घटाएका बैंकहरुले चैतमा पनि समान्य ब्याजदर घटाएका थिए।

हाल बैंकहरुले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका थिए। बैंकिङ्ग प्रणलीमा पनि तरलता केहि सहज हुँदै गएको र ब्याजदर घटाउन चौतर्फि रुपमा चर्को दबाव बढेको कारणले पनि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका हुन्।

Published Date: 12 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु