बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय : Icon Khabar

काठमाडौं, चैत २९ । बैंकहरुले बैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झार्ने भएका छन्। नेपाल बैंकर्स सँघले बैशाखदेखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले बताए।

संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशतमा झारीएको छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ।  कल डिपोजिटको ब्याज दर २.७ प्रतिशतमा झारेका छन्।

बैंकहरुलाई ब्याजदर घटाउन चर्को दवाव दिइदै आएको थियो। गत फागुनमा करिब १० प्रतिशतले ब्याजदर घटाएका बैंकहरुले चैतमा पनि समान्य ब्याजदर घटाएका थिए।

हाल बैंकहरुले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिँदै आएका थिए। बैंकिङ्ग प्रणलीमा पनि तरलता केहि सहज हुँदै गएको र ब्याजदर घटाउन चौतर्फि रुपमा चर्को दबाव बढेको कारणले पनि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू