मन्टेश्वरी एजुकेशन स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस मंगलबार सम्पन्न

मन्टेश्वरी एजुकेशन स्कुलको वार्षिकोत्सव एवं अभिभावक दिवस मंगलबार सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २८ । भक्तपुर सूर्यविनायक स्थित मन्टेश्वरी एजुकेशन स्कुलको छैटौं वार्षिकोत्सव एवं अभिभावक दिवस २०७९ मंगलबार सम्पन्न भएको छ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा पानसमा दिप प्रज्वलन गरि समुद्घाटन भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विद्यार्थीहरु राम्रो हुनका लागी विद्यालय र शिक्षक मात्र नभई अभिभावकहरुको भूमिका अपरिहार्य हुने र अभिभावक स्वयंम चनाखो हुनु पर्ने कुरा बताईन्।

उनले मन्टेश्वरी स्कुलमा पढने नानीहरु हेर्दा अहिले नै केहि गरिहाल्ने जस्ता देखिएकोमा साह्रै खुसी लागेको र उनीहरुलाई पठन पाठन गराउने शिक्षिकाहरु पनि सोहि अनुरुप नै देखेको कुराहरु ब्यक्त गरिन्।

सो कार्यक्रममा विद्यालयका विद्यार्थी भाई बहिनीहरुका हजुरबुबा मध्ये जेष्ठ हजुरबुबा कक्षा नर्सरीका सौर्य प्रजापतिका हजुरबुबा श्री ब्रम्हरत्न प्रजापति र हजुरआमा मध्ये कक्षा प्लेग्रुपका विकेश किसीका हजुरआमा श्रीमति आशाथुकु किसीलाई जेष्ठ अभिभावकको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा एस.के.जी.का विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो। दिक्षान्त कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मंगला प्रजापति र विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिबाट दिक्षित विद्यार्थीहरुलाई टोपी र गाउन लगाईदिएका थिए ।

सोहि समारोहमा विद्यालयका शिक्षिकाहरु मध्ये यस बर्षको वर्ष शिक्षक – २०७९ बन्न सफल शिक्षिका सुमित्रा माकलाई सम्मान गरिएको थियो। । कार्यक्रममा विद्यालयकी एजुकेशनल इन्चार्ज गीता शिलाकारले स्वागत मन्तव्य ब्यक्त गरिन् साथै विद्यालयकी प्रिन्सिपल मंगला प्रजापतिले विद्यालयबाट शै.व.२०७९ मा भए गरेका विभिन्न कार्यक्रमहरु एवं क्रियाकलापहरुका बारेमा प्रतिवेदन पेश गरेकी थिईन् ।

उक्त कार्यक्रममा किकम्पा मन्टेश्वरीका प्रिन्सिपल राजेश लाखा,अभिभावकहरु रत्न सुन्दर हाकुदुवाल र सिता दुमरुकिसीले पनि आ–आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुका साथै शिक्षक एवं अभिभावकहरुका विविध प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उनले विद्यालयबाट शैक्षिक उन्नयनका लागि गरिरहेका विविध कार्यहरु लगाएत आगामी शै.व.२०८० विद्यालयबाट गर्न लागेका कार्यहरुको संक्षिप्त जानकारी गराएका थिए । उनले शै.व.२०७९ बाट विद्यार्थीहरुको सर्वागिंण विकासको लागी र अनुशासित भविष्यका कर्णधार निर्माणका लागि स्काउटिङ्ग शिक्षालाई शुरु गरेको र हाल विद्यालयमा ३५ जना साना साना नानीहरुलाई स्काउट शिक्षा प्रदान गर्दै आएको जानकारी दिए ।

अध्यक्ष प्रजापतिले हाल विद्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत जन्मदिन कोष स्थापना भएर विद्यार्थीहरुले आफ्नो जन्मदिनको अवसर पारेर सक्दो आर्थिक सहयोग बापत रकम जम्मा भईरहेको र सो रकम एक अनाथालयमा सहयोग गर्ने समेत जानकारी दिए ।साथै उक्त कार्यक्रमको आकर्षणका रुपमा नेपाली लोक संगीतका ख्याती प्राप्त कलाकारद्वय अमृत खाती र उमा श्रेष्ठले आ–आफ्नो गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2023
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू