दिल्लीमाथि मुम्बईको रोमान्चक जित

दिल्लीमाथि मुम्बईको रोमान्चक जित : Icon Khabar

काठमाडौं, चैत २९ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । मुम्बईले पहिलो जित हात पार्दा दिल्ली लगातार चौथो खेलमा पराजित भएकोछ ।

जितको लागि १ सय ७३ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा पाँच रन चाहिँएको थियो । तीव्र गतिका बलर एनरिच नोर्कियाले पहिलो बल क्यामरन ग्रीनलाई एक रन दिए । दोस्रो बलमा डिप मिडविकेटमा मुकेश कुमारले टिम डेविडको क्याच छाड्न पुगेका थिए ।

तेस्रो बल डट राखेपछि बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो र पाँचौं बलमा एक एक रन दिए । अन्तिम बलमा दुई रन चाहिँएको थियो । टिम डेविडले दुई रन बटुल्दै रोमान्चक जित दिलाए । मुम्बईको जितका कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

मुम्बईलाई ओपनर ईशान किशन र रोहित शर्माले ७.३ ओभरमा ७१ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । ईशान २६ बलमा ६ चौकासहित ३१ रनमा रन आउट भए । दोस्रो विकेटको रुपमा तिलक बर्मा र रोहित शर्माले ६८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको अन्तिम दुई बलमा मुकेश कुमारले दुई विकेट लिएका थिए ।

Published Date: 12 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय