दिल्लीमाथि मुम्बईको रोमान्चक जित

दिल्लीमाथि मुम्बईको रोमान्चक जित : Icon Khabar

काठमाडौं, चैत २९ । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । मुम्बईले पहिलो जित हात पार्दा दिल्ली लगातार चौथो खेलमा पराजित भएकोछ ।

जितको लागि १ सय ७३ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा पाँच रन चाहिँएको थियो । तीव्र गतिका बलर एनरिच नोर्कियाले पहिलो बल क्यामरन ग्रीनलाई एक रन दिए । दोस्रो बलमा डिप मिडविकेटमा मुकेश कुमारले टिम डेविडको क्याच छाड्न पुगेका थिए ।

तेस्रो बल डट राखेपछि बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो र पाँचौं बलमा एक एक रन दिए । अन्तिम बलमा दुई रन चाहिँएको थियो । टिम डेविडले दुई रन बटुल्दै रोमान्चक जित दिलाए । मुम्बईको जितका कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

मुम्बईलाई ओपनर ईशान किशन र रोहित शर्माले ७.३ ओभरमा ७१ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । ईशान २६ बलमा ६ चौकासहित ३१ रनमा रन आउट भए । दोस्रो विकेटको रुपमा तिलक बर्मा र रोहित शर्माले ६८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको अन्तिम दुई बलमा मुकेश कुमारले दुई विकेट लिएका थिए ।

Published Date: 12 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक