मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार : Icon Khabar

काठमाडौं, चैत २८ । मंगलबार नेप्से परिसूचक २७.३१ अंक बढेर १८७१.३३ विन्दुमा पुगेको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको बजार आज साढे १ प्रतिशत बढेको हो।

मंगलबार २६२ स्टकको ३५ हजार २३७ पटकको कारोबारमा ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ३७ रुपैयाँ ७० पैसा बढेर ४१४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज आदर्श लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। सोमबारदेखि कारोबारमा आएको सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयरमूल्य भने साढे ३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सानिमा मिडिल तमोरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 April 2023
Website | + posts