मच्छिन्द्र फुटबल क्लबद्वारा खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल

मच्छिन्द्र फुटबल क्लबद्वारा खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल : Icon Khabar

काठमाडौं, चैत २८ । फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ ।

च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल घर्ती मगरले अर्को गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउले २ तथा स्टेफन बिनोङले १ गोल गरे ।

यस जितसँगै मच्छिन्द्रले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको छ । खुमलटार ८ खेलमा ७ अंकका साथ दशौं स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युवा क्लबलाई ३-१ ले पराजित गर्यो । आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे । जावलाखेलका सुनिल खड्काको गोल सान्तवना सिमित भयो ।

Published Date: 11 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक