मच्छिन्द्र फुटबल क्लबद्वारा खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल

मच्छिन्द्र फुटबल क्लबद्वारा खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल : Icon Khabar

काठमाडौं, चैत २८ । फरवार्ड ओलावाले अफिज एक्लैले ५ गोल गरेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फुटबल क्लब खुमलटारविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ ।

च्यासल मैदानमामा मच्छिन्द्रले ७-३ को फराकिलो जित दर्ता गरेको हो । मच्छिन्द्रका लागि अफिजले लिगको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा ५ गोल गर्दा विमल घर्ती मगरले अर्को गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउले २ तथा स्टेफन बिनोङले १ गोल गरे ।

यस जितसँगै मच्छिन्द्रले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको छ । खुमलटार ८ खेलमा ७ अंकका साथ दशौं स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युवा क्लबलाई ३-१ ले पराजित गर्यो । आर्मीका लागि जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे । जावलाखेलका सुनिल खड्काको गोल सान्तवना सिमित भयो ।

Published Date: 11 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास