मच्छिन्द्रको दोस्रो जित

मच्छिन्द्रको दोस्रो जित : Icon Khabar

काठमाडौं, चैत २६ । सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटालाई पराजित गर्दै दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गरेको हो ।

किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित गरेको हो । फरवार्ड विमल घर्ति मगर र ओलावाले आफिजले मच्छिन्द्रका लागि गोल गरेका थिए । मनिष डाँगीले संकटाका लागि बराबरी गोल फर्काएपनि जित हासिल गर्न सकेन । यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अन्क्काका साथ आठौं स्थानमा झरेको छ ।

खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले गोललाइन अगाडी उत्कृष्ट क्लिअर गर्दै स्कोर गोलरहित नै राखे । मनिष डाँगीले दिएको कटब्याकमा गोलरक्षक बिट भएपनि निसेनले बललाई पछाडी रहेका संकटाका खेलाडीसम्म पुग्न दिएनन् ।

१९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे । तर संकटाले २ मिनेट नबित्दै खेल बराबरी गर्यो । मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

Published Date: 09 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक