मच्छिन्द्रको दोस्रो जित

मच्छिन्द्रको दोस्रो जित : Icon Khabar

काठमाडौं, चैत २६ । सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले संकटालाई पराजित गर्दै दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गरेको हो ।

किशोर केसीलाई प्रशिक्षक नियुक्त गरेकै दिन मच्छिन्द्रले लिगमा दोस्रो जित गरेको हो । फरवार्ड विमल घर्ति मगर र ओलावाले आफिजले मच्छिन्द्रका लागि गोल गरेका थिए । मनिष डाँगीले संकटाका लागि बराबरी गोल फर्काएपनि जित हासिल गर्न सकेन । यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अन्क्काका साथ आठौं स्थानमा झरेको छ ।

खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले गोललाइन अगाडी उत्कृष्ट क्लिअर गर्दै स्कोर गोलरहित नै राखे । मनिष डाँगीले दिएको कटब्याकमा गोलरक्षक बिट भएपनि निसेनले बललाई पछाडी रहेका संकटाका खेलाडीसम्म पुग्न दिएनन् ।

१९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे । तर संकटाले २ मिनेट नबित्दै खेल बराबरी गर्यो । मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

Published Date: 09 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास