हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ आगामी वैशाख १ देखि ओटीटी प्लेटफर्ममा रिलिज हुने

हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ आगामी वैशाख १ देखि ओटीटी प्लेटफर्ममा रिलिज हुने : Icon Khabar

काठमाडौं, चैत २६ । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्मलाई नयाँ वर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका हो ।

‘फेरी भेट होला नहोला’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गरी फिल्म रिलिज गर्न लागेको जानकारी गराएको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्छ ।

फिल्ममा तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिकामा हुनुहुन्छ । फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ।

अभिनेत्री सुरक्षा पन्त फिल्ममा अतिथि भूमिकामा हुनुहुन्छ । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्। फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

Published Date: 09 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास