हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ आगामी वैशाख १ देखि ओटीटी प्लेटफर्ममा रिलिज हुने

हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ आगामी वैशाख १ देखि ओटीटी प्लेटफर्ममा रिलिज हुने : Icon Khabar

काठमाडौं, चैत २६ । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्मलाई नयाँ वर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका हो ।

‘फेरी भेट होला नहोला’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गरी फिल्म रिलिज गर्न लागेको जानकारी गराएको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्छ ।

फिल्ममा तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिकामा हुनुहुन्छ । फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ।

अभिनेत्री सुरक्षा पन्त फिल्ममा अतिथि भूमिकामा हुनुहुन्छ । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्। फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

Published Date: 09 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक