दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि

दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि : Icon Khabar

काठमाडौं, चैत २६ । दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । खत्रीका अनुसार सहभागी जिल्ला र खेलाडी संख्या बढ्न सक्ने छ ।

प्रतियोगितामा विभिन्न २३ स्पर्धामा खेल हुनेछ । टिममा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।

Published Date: 09 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास