दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि

दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि : Icon Khabar

काठमाडौं, चैत २६ । दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । खत्रीका अनुसार सहभागी जिल्ला र खेलाडी संख्या बढ्न सक्ने छ ।

प्रतियोगितामा विभिन्न २३ स्पर्धामा खेल हुनेछ । टिममा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।

Published Date: 09 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक