न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन

न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन : Icon Khabar

काठमाडौं, चैत २२ । राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषद्मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।

तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।

Published Date: 05 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास