न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन

न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठन : Icon Khabar

काठमाडौं, चैत २२ । राष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषद्मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।

तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् । सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।

Published Date: 05 April 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक