नेपालको विश्व वरियता सुधार

नेपालको विश्व वरियता सुधार : Icon Khabar

काठमाडौँ, चैत २२ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ ।

नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको छ ।नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन् ।

युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छ । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै छ ।

अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ । इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन् । टि२० आई विश्व वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।

Published Date: 05 April 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास