ब्रुएना चम्कँदा जर्मनीको हार

ब्रुएना चम्कँदा जर्मनीको हार : Icon Khabar

काठमाडौं, चैत १५ । कप्तान तथा मिडफिल्डर केभिन डि ब्रुएनाले एक गोलसँगै दुई असिस्ट प्रदान गरेपछि बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

बेल्जियमले घरेलु टोली जर्मनीमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुएनाले गोल गरे । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले गोल गरे ।

कोल्नमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले १–० को अग्रता लिन सफल भएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए । नवौं मिनेटमा केभिन डि ब्रुएनाको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए ।

४४औं मिनेटमा निकलस फुलक्रगले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा लुकाकुले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा निकलस चुकेनन् ।

७८औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८७औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाइ ३–२ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा घरेलु टोली जर्मनीले बेल्जियमलाई नतिजा सुम्पियो । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट