ब्रुएना चम्कँदा जर्मनीको हार

ब्रुएना चम्कँदा जर्मनीको हार : Icon Khabar

काठमाडौं, चैत १५ । कप्तान तथा मिडफिल्डर केभिन डि ब्रुएनाले एक गोलसँगै दुई असिस्ट प्रदान गरेपछि बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

बेल्जियमले घरेलु टोली जर्मनीमाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको हो । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुएनाले गोल गरे । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले गोल गरे ।

कोल्नमा मंगलबार राति भएको खेलको छैटौं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले १–० को अग्रता लिन सफल भएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भए । नवौं मिनेटमा केभिन डि ब्रुएनाको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए ।

४४औं मिनेटमा निकलस फुलक्रगले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा लुकाकुले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा निकलस चुकेनन् ।

७८औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । उनले लियान्द्रो ट्रोससार्डको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ८७औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाइ ३–२ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा घरेलु टोली जर्मनीले बेल्जियमलाई नतिजा सुम्पियो । –एजेन्सी

Published Date: 29 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय