विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकद्वारा एकैपटक ६० हजार डलरको चाँदी आयात गर्न अनुमति

विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकद्वारा एकैपटक ६० हजार डलरको चाँदी आयात गर्न अनुमति : Icon Khabar

काठमाडौं, चैत १२ । नेपाल राष्ट्र बैंकले चाँदी आयातको मात्रा बढाएको छ । विदेशी मुद्रा सञ्चिति बढेसँगै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकैपटक ६० हजार डलर बराबरको चाँदी आयात गर्न अनुमति दिएको हो ।

यसअघि विदेशी मुद्रा सञ्चिति घटेपछि राष्ट्र बैंकले ३५ हजार डलरको चाँदी आयातको सीमा तोकेको थियो । तर अब बैंक तथा वित्तीय संस्थाले एक पटकमा ८० किलो चाँदी आयात गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनलाई परिमार्जन गर्दै यो सीमा बढाइएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ प्रणालीमा चाँदीको आयात तथा बिक्री वितरणलाई थप व्यवस्थित गरिने छ । यो व्यवस्थाले चाँदीका गहना निकासी गर्न सहज हुने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

चाँदी, कलात्मक वस्तु आदि निकासी गर्ने व्यापारीका लागि विभागले थप सुविधाको व्यवस्था गरेको विभागले जनाएको छ । विभागका अनुसार अग्रिम भुक्तानी वा प्रॉमिसरी नोट वा विदेशबाट खरिद आदेशको पुष्टि हुने गरी ६० हजार डलरको सीमा लागू हुँदैन । चाँदीका गहना निर्यातकर्ताले एक किलोभन्दा बढी चाँदी किन्न पाउनेछन् ।

अध्यक्ष शाक्यले यसअघि बैंकहरूले चाँदी बिक्रीमा लगाएको एक केजीको सीमा हट्नु सकारात्मक कुरा भएको बताए । चाँदीको कोटा तोकेपछि अहिले भारतबाट ल्याइएको चाँदीले माग पूरा गर्न थालेको छ । कोटा बढाए पनि भारतमा चाँदी सस्तो भएकाले नेपालबाट भारतमा चाँदी निकासी हुने सम्भावना नरहेको शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित