विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकद्वारा एकैपटक ६० हजार डलरको चाँदी आयात गर्न अनुमति

विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकद्वारा एकैपटक ६० हजार डलरको चाँदी आयात गर्न अनुमति : Icon Khabar

काठमाडौं, चैत १२ । नेपाल राष्ट्र बैंकले चाँदी आयातको मात्रा बढाएको छ । विदेशी मुद्रा सञ्चिति बढेसँगै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकैपटक ६० हजार डलर बराबरको चाँदी आयात गर्न अनुमति दिएको हो ।

यसअघि विदेशी मुद्रा सञ्चिति घटेपछि राष्ट्र बैंकले ३५ हजार डलरको चाँदी आयातको सीमा तोकेको थियो । तर अब बैंक तथा वित्तीय संस्थाले एक पटकमा ८० किलो चाँदी आयात गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनलाई परिमार्जन गर्दै यो सीमा बढाइएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ प्रणालीमा चाँदीको आयात तथा बिक्री वितरणलाई थप व्यवस्थित गरिने छ । यो व्यवस्थाले चाँदीका गहना निकासी गर्न सहज हुने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

चाँदी, कलात्मक वस्तु आदि निकासी गर्ने व्यापारीका लागि विभागले थप सुविधाको व्यवस्था गरेको विभागले जनाएको छ । विभागका अनुसार अग्रिम भुक्तानी वा प्रॉमिसरी नोट वा विदेशबाट खरिद आदेशको पुष्टि हुने गरी ६० हजार डलरको सीमा लागू हुँदैन । चाँदीका गहना निर्यातकर्ताले एक किलोभन्दा बढी चाँदी किन्न पाउनेछन् ।

अध्यक्ष शाक्यले यसअघि बैंकहरूले चाँदी बिक्रीमा लगाएको एक केजीको सीमा हट्नु सकारात्मक कुरा भएको बताए । चाँदीको कोटा तोकेपछि अहिले भारतबाट ल्याइएको चाँदीले माग पूरा गर्न थालेको छ । कोटा बढाए पनि भारतमा चाँदी सस्तो भएकाले नेपालबाट भारतमा चाँदी निकासी हुने सम्भावना नरहेको शाक्यले बताए ।

Published Date: 26 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय