कर्णालीका ९६ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित

कर्णालीका ९६ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित : Icon Khabar

कर्णाली, चैत ९ । कर्णाली प्रदेशका कुल जनसङ्ख्याको ९६ प्रतिशत जनता सुरक्षित र शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन् ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रदेशको कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्यामध्ये चार प्रतिशतले मात्रै शुद्ध खानेपानीको पहुँच पुगेको छ ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले प्रदेशका ८६ प्रतिशत जनतालाई आधारभूत खानेपानी उपलब्ध गराएको र ६ प्रतिशत जनताले आधारभूत खानेपानीको पहुँच नपाएको बताए ।

शर्माका अनुसार प्रदेशका अधिकांश नागरिक खुला पोखरी, खोला, खोलाको अशुद्ध पानी पिउन बाध्य छन् । ७९ वटै स्थानीय तहमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ शीर्षकमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी कर्णालीका १० वटै जिल्लामा खानेपानी परीक्षण प्रयोगशाला स्थापना भइसकेको छ भने स्थानीय र प्रदेश तहबाट खानेपानीका नयाँ आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

Published Date: 23 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय