कर्णालीका ९६ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित

कर्णालीका ९६ प्रतिशत जनता शुद्ध खानेपानीबाट वञ्चित : Icon Khabar

कर्णाली, चैत ९ । कर्णाली प्रदेशका कुल जनसङ्ख्याको ९६ प्रतिशत जनता सुरक्षित र शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन् ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रदेशको कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्यामध्ये चार प्रतिशतले मात्रै शुद्ध खानेपानीको पहुँच पुगेको छ ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले प्रदेशका ८६ प्रतिशत जनतालाई आधारभूत खानेपानी उपलब्ध गराएको र ६ प्रतिशत जनताले आधारभूत खानेपानीको पहुँच नपाएको बताए ।

शर्माका अनुसार प्रदेशका अधिकांश नागरिक खुला पोखरी, खोला, खोलाको अशुद्ध पानी पिउन बाध्य छन् । ७९ वटै स्थानीय तहमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ शीर्षकमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी कर्णालीका १० वटै जिल्लामा खानेपानी परीक्षण प्रयोगशाला स्थापना भइसकेको छ भने स्थानीय र प्रदेश तहबाट खानेपानीका नयाँ आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 March 2023
Website | + posts




ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो
बुधबार कस्तो रहला देशभरको मौसम?
आज बुधबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित