ललितपुर महानगरको अव्यवस्थित तार व्यवस्थित गर्न उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन

एक महिनाभित्र कुपण्डोलदेखि सातदोबाटोसम्मको तार व्यस्थापन गरिने

ललितपुर महानगरको अव्यवस्थित तार व्यवस्थित गर्न उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन : Icon Khabar

ललितपुर, चैत ६ । ललितपुर महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरका उपप्रमुखको संयोजकत्वमा सरोकारहरु संलग्न कार्यदल गठन गरिएको छ । ललितपुर महानगरले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलको सदस्यमा विद्युत प्राधिकरण , नेपाल टेलिकम ,इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल,नेपाल प्रहरी ,दुरसंचार प्राधिकरण रहेको छ । कार्यदलको सदस्य सचिवको जिम्मेवारी नगर प्रहरी बल, ललितपुर महानगरलाई दिइएको छ । तार व्यवस्थापन गर्न ललितपुर महानगरले सरोकारवालालाई बोलाएर आयोजना गरेको कार्यदल गठन गरेको हो ।

कार्यदलले एक महिनाभित्र मछिन्द्रनाथको रथ जात्रा हुने स्थान र कुपण्डोलदेखि सातदोबाटोसम्मको मूल सडकको अव्यवस्थित तार एक महिनाभित्र हटाउनेछ । यसअघि महानगरको अगुवाइमा महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र श्री रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएको व्यवस्थापन भइसकेको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि यी तार तत्काल हटाउनु पर्ने उनको भनाई थियो ।

यी तारका कारण सहर कुरुप भएको दाबी गर्दै भने, ‘नगर र नगरवासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पु¥याएको छ । ’ नगर प्रमुख महर्जनले पहिलो चरण अन्तर्गत तोकिएको समयअवधि अघि नै तार व्यवस्थापन गरेकोमा धन्यवाद दिए ।

Published Date: 20 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास