आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने तोलामा रू ७०० ले झरेर सस्तियो

आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने तोलामा रू ७०० ले झरेर सस्तियो : Icon Khabar

काठमाडौँ, चैत ६ । आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने सस्तिएको छ । चैत ६ गते, सुन तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ । तेजाबी सुन पनि आज प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनकाे भाउ केहि घटेपनि सर्वाधिक दाेश्राे रेकर्ड हो ।

हिजो सुन तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 20 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास