आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने तोलामा रू ७०० ले झरेर सस्तियो

आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने तोलामा रू ७०० ले झरेर सस्तियो : Icon Khabar

काठमाडौँ, चैत ६ । आइतबार निकै महंगिएको सुनको भाउ सोमबार भने सस्तिएको छ । चैत ६ गते, सुन तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ । तेजाबी सुन पनि आज प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनकाे भाउ केहि घटेपनि सर्वाधिक दाेश्राे रेकर्ड हो ।

हिजो सुन तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 20 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक