भक्तपुर बहुमुखी क्याम्पस स्ववियु चुनाव: संयुक्त प्यानलका पुकार पराजुली ११६७ मतका साथ विजयी

भक्तपुर बहुमुखी क्याम्पस स्ववियु चुनाव: संयुक्त प्यानलका पुकार पराजुली ११६७ मतका साथ विजयी : Icon Khabar

भक्तपुर, चैत्र ६ । देशव्यापी रुपमा त्रिभूवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा स्ववियको निर्वाचन भक्तपुर बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रुपमा आइतबार सम्पन्न भएको छ ।

सो निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा ६ राजनीतिक दलका विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिकमा उठाएको छ भने क्याम्पसकै स्पोर्ट ग्रुपले समानुपातिकमा उम्मेदवारी दिएका थिए ।

४ हजार १ मतदाता रहेको भक्तपुर बहमखी क्याम्पसमा आइतबार सम्पन्न निर्वाचनमा २ हजार २३ मत खसेको विद्यार्थी नेताहरुले बताएका थिए ।

सोही निर्वाचनमा नेपाल मजदुर किसान पार्टी आवद्ध नेक्राविसंघको एकल प्यानलका विरुद्ध नेपाली कांग्रेसको नेविसंघ, एमालेको अनेरास्ववियु तथा प्रचण्ड समर्थित माओवादीको अखिल क्रान्तिकारीको संयुक्त प्यानल, वैद्य समर्थित अखिल क्रान्तिकारी संयुक्त र लिङ्देन समर्थित राप्रवि संगठनले उम्मेदवारी दिएका थिए ।

प्रत्यक्षको लागि पहेलो रङको मतपत्र र समानुपातिकको लागि हरियो मतपत्र तथा छात्र र छात्राको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको सो निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसको विभिन्न ११ वटा संकाय तथा विषयमा अध्ययनरत विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा मतदान गरेका थिए ।

प्रत्यक्षमा नेविसंघ,अखिल क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी सङ्घको संयुक्त प्यानलका सभापति उम्मेदवार पुकार पराजुली ११६७ मतका साथ विजयी भएका छन्।

निकटम प्रतिद्वन्दी नेक्राविसंघकाे सभापति उम्मेदवार दिनेश खड्गीले ७६१ मत ल्याउँदा यो पटककाे भक्तपुर बहुमुखी क्यम्पसकाे स्ववियु सभापतिमा पराजुली विजयी भएका हुन्।

त्यसैगरी सचिवमा यादव दुलाल, कोषाअध्यक्षमा सृजन प्रधान , सदस्यमा संयुक्त प्यानल तर्फ़कै अस्मिता खनाल, निमेष नायाभा, सजग कृष्ण पोख्रेल, निरज कार्की, नवाराज सिंह धामी, धिरज खड्का, सजना हुमागाई, तिलक पराजुली विजयी भएका छन्।

त्यसैगरी समानुपातिकमा भएको जम्मा १० कोटामा अनेरास्ववियुले २ कोटा, अखिल क्रान्तिकारीले १ कोटा, नेक्राविसंघ ले ३ कोटा, नेविसंघले ४ कोटा प्राप्त गरेका छन्।

हरेक दुई वर्षमा हुनुपर्ने सो निर्वाचन विभिन्न राजनीतिक कारण ६ वर्षपछि सम्पन्न भएको सो निर्वाचनको अन्तिम परिणामले भविष्यमा राजनैतिक नेतृत्वलाई बाटो तय गर्न घचेत्ने विश्वास विद्यार्थीहरुले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2023
Website | + posts