प्रधानमन्त्री दाहालले आज (सोमबार) प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले आज (सोमबार) प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै : Icon Khabar

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।

संघीय संसद् सचिवालयका अनुसार विश्वासको मतका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व हो । प्रधानमन्त्री दाहाललाई २७५ सदस्यीय संसद्को विश्वास जित्न १३८ मत चाहिन्छ ।

यसअघि प्रतिनिधिसभामा रहेका २७५ सांसदमध्ये दाहालले २६८ मत पाएका थिए । त्यसबेला नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले पनि दाहालको पक्षमा मत खसाले पनि दुवै दल प्रतिपक्षमा थिए ।

अहिले गठबन्धनको समीकरण फेरिएको छ । संसदमा रहेका प्रमुख दल एमाले र राप्रपा प्रतिपक्षमा गएका छन् भने कांग्रेस सत्तारुढ गठबन्धनमा परेको छ । प्रधानमन्त्री दाहालले आवश्यक मत पाउने निश्चित देखिन्छ ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनमोर्चा नेपाल लगायतका दल छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

Published Date: 20 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक