प्रधानमन्त्री दाहालले आज (सोमबार) प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले आज (सोमबार) प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै : Icon Khabar

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।

संघीय संसद् सचिवालयका अनुसार विश्वासको मतका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व हो । प्रधानमन्त्री दाहाललाई २७५ सदस्यीय संसद्को विश्वास जित्न १३८ मत चाहिन्छ ।

यसअघि प्रतिनिधिसभामा रहेका २७५ सांसदमध्ये दाहालले २६८ मत पाएका थिए । त्यसबेला नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले पनि दाहालको पक्षमा मत खसाले पनि दुवै दल प्रतिपक्षमा थिए ।

अहिले गठबन्धनको समीकरण फेरिएको छ । संसदमा रहेका प्रमुख दल एमाले र राप्रपा प्रतिपक्षमा गएका छन् भने कांग्रेस सत्तारुढ गठबन्धनमा परेको छ । प्रधानमन्त्री दाहालले आवश्यक मत पाउने निश्चित देखिन्छ ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनमोर्चा नेपाल लगायतका दल छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

Published Date: 20 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय