सुनको भाउ झन् झन् उकालो लाग्दै, आज तोलामै दुई हजार ९०० रुपैयाँ बढ्यो

सुनको भाउ झन् झन् उकालो लाग्दै, आज तोलामै दुई हजार ९०० रुपैयाँ बढ्यो : Icon Khabar

काठमाडौँ, चैत ५ । आइतबार सुन तोलामा नै दुई हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।

शुक्रबार सुन प्रतिताेला एक लाख ७ हजार १०० रूपैयाँमा कारोबार भएकाे थियाे । आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।
शुक्रबार चाँदीकाे मूल्य पनि प्रतिताेला पाँच रूपैयाँले बढेर एक हजार ३१० रूपैयाँ पुगेकाे थियाे ।

Published Date: 19 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय