नेपालको पारी सम्हाल्दै कुशल र भीम : कुशलको आक्रामक अर्धशतक

नेपालको पारी सम्हाल्दै कुशल र भीम : कुशलको आक्रामक अर्धशतक : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् ।

कुशलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित छन् । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्की ३० बलमा ३ चौकासहित २४ रनमा क्रिजमा छन् ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १६ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको छ । कुशल भुर्तेलले ११ औं ओभरको पाँचौं बलमा ब्यक्तिगत २२ रनमा जीवनदान पाएका थिए । आयन खानले उक्त क्याच छाड्न पुगेका थिए । भीम सार्कीले १८ रनमा जीवनदान पाएका थिए ।

विकेटकिपर वृत्य अरविन्दले जहुर खानको बल एज लागेर छाड्न पुगेका थिए । ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास