नेपालको पारी सम्हाल्दै कुशल र भीम : कुशलको आक्रामक अर्धशतक

नेपालको पारी सम्हाल्दै कुशल र भीम : कुशलको आक्रामक अर्धशतक : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा अर्धशतक प्रहार गरेका छन् ।

कुशलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित छन् । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्की ३० बलमा ३ चौकासहित २४ रनमा क्रिजमा छन् ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १६ ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको छ । कुशल भुर्तेलले ११ औं ओभरको पाँचौं बलमा ब्यक्तिगत २२ रनमा जीवनदान पाएका थिए । आयन खानले उक्त क्याच छाड्न पुगेका थिए । भीम सार्कीले १८ रनमा जीवनदान पाएका थिए ।

विकेटकिपर वृत्य अरविन्दले जहुर खानको बल एज लागेर छाड्न पुगेका थिए । ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित