नेताहरुमा क्रिकेट क्रेज : भिभिआइपी प्यारापेटमा नेताहरुको भीड

नेताहरुमा क्रिकेट क्रेज : भिभिआइपी प्यारापेटमा नेताहरुको भीड : Icon Khabar

काठमाडौं, चैत २ । कीर्तिपुरस्थित घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेल हेर्न विभिन्न राजनीतिक दलका नेताहरू भेला भएका छन् । आजको प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । यो प्रतियोगिता जितेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछ ।

नेताहरु रंगशालाको भिभिआईपी प्यारापिटमा बसेर खेलको रमाइलो गरिरहेका छन् । उनीहरु वीआईपी पास लिएर त्यहाँ पुगेका थिए ।

यसरी खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका नेताहरुमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा प्रवक्ता डा प्रकाशशरण महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछाने रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान खेलको उद्घाटन गरेर फर्किएका छन् ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास