नेताहरुमा क्रिकेट क्रेज : भिभिआइपी प्यारापेटमा नेताहरुको भीड

नेताहरुमा क्रिकेट क्रेज : भिभिआइपी प्यारापेटमा नेताहरुको भीड : Icon Khabar

काठमाडौं, चैत २ । कीर्तिपुरस्थित घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेल हेर्न विभिन्न राजनीतिक दलका नेताहरू भेला भएका छन् । आजको प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । यो प्रतियोगिता जितेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछ ।

नेताहरु रंगशालाको भिभिआईपी प्यारापिटमा बसेर खेलको रमाइलो गरिरहेका छन् । उनीहरु वीआईपी पास लिएर त्यहाँ पुगेका थिए ।

यसरी खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका नेताहरुमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस केन्द्रीय सदस्य तथा प्रवक्ता डा प्रकाशशरण महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछाने रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान खेलको उद्घाटन गरेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts