नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण काठमाडौँमा प्रारम्भ हुँदै

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण काठमाडौँमा प्रारम्भ हुँदै : Icon Khabar

काठमाडौं, चैत २ । आज बिहिबारदेखि काठमाडौंमा पाँच दिने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण प्रारम्भ हुँदैछ ।

बिहिबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् ।

यसपटकको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको महोत्सवका संयोजक यादव भट्टराईको दावी छ ।

संयोजक भट्टराई भन्छन्– ‘महोत्सवलाई विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तृत गर्ने छौं । जसले चलचित्रको निर्माण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् । ’

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चार वटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १ सय ५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रदर्शनीमा दिनभर सहभागि हुन चाहनेले पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

महोत्सवमा चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

यसैबीच, महोत्सवका बारेमा जानकारी दिन बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार निर शाहले पत्रकारिता जगतको सहयोगले विकासको गति अघि बढेको बताएको छन् । कलाकार शाहले महोत्सव सफल बनाउनका लागि सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको बताएका हुन् ।

कलाकार शाहले निफले स्वदेशी चलचित्रलाई विदेशमा चिनाउने विदेशी चलचित्रसंग नेपाली दर्शकलाई सात्क्षात्कार गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिकृया दिनुहोस

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास