नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण काठमाडौँमा प्रारम्भ हुँदै

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण काठमाडौँमा प्रारम्भ हुँदै : Icon Khabar

काठमाडौं, चैत २ । आज बिहिबारदेखि काठमाडौंमा पाँच दिने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैठौं संस्करण प्रारम्भ हुँदैछ ।

बिहिबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट भएका छन् ।

यसपटकको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको महोत्सवका संयोजक यादव भट्टराईको दावी छ ।

संयोजक भट्टराई भन्छन्– ‘महोत्सवलाई विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तृत गर्ने छौं । जसले चलचित्रको निर्माण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् । ’

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चार वटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १ सय ५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रदर्शनीमा दिनभर सहभागि हुन चाहनेले पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

महोत्सवमा चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

यसैबीच, महोत्सवका बारेमा जानकारी दिन बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार निर शाहले पत्रकारिता जगतको सहयोगले विकासको गति अघि बढेको बताएको छन् । कलाकार शाहले महोत्सव सफल बनाउनका लागि सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको बताएका हुन् ।

कलाकार शाहले निफले स्वदेशी चलचित्रलाई विदेशमा चिनाउने विदेशी चलचित्रसंग नेपाली दर्शकलाई सात्क्षात्कार गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिकृया दिनुहोस

Published Date: 16 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक