यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, चैत्र २ । फिनिसर आसिफ खानको विष्फोटक कीर्तिमानी शतकमा युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई सोझै विश्पकप छनोटमा पुग्न ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध टियु मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।

युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । उनी ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने चौथो खेलाडी हुन् । युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । उनले बुधबार मोहम्मद वासिमले पपुवा न्युगिनीविरुद्ध हानेको ६० बलको कीर्तिमान तोडेका हुन् ।

वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

आसिफ खानले ४९ औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा लगातार चार छक्का हानेका थिए । त्यसअघिको ओभरमा आसिफले गुलशन झालाई लगातार दुई छक्का हानेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले रनको विष्फोटक साझेदारी गरेपछि युएईले विशाल लक्ष्य दिएको हो ।

४४ ओभरमा युएई २०८-५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि क्रिजमा आएका वृत्यले अन्तिमसम्म संयमित ब्याटिङ गरे ।

स्पिनर सन्दीप लामिछानेले १७ औं ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । अघिल्लो दिन पपुवा न्युगिनीविरुद्ध १२ छक्का हान्दै १ सय १९ रनको शतकीय इनिङ खेलेका वासिमले नेपालविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गर्दै आउट भए ।

दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । २३ औं ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए ।

दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे । नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू