वैदेशिक रोजगारीका लागि दुई वर्षको श्रम स्वीकृतिको प्रावधान हटाइयो

वैदेशिक रोजगारीका लागि दुई वर्षको श्रम स्वीकृतिको प्रावधान हटाइयो : Icon Khabar
फाइल फोटो

काठमाडौं, चैत २ । सरकारले वैदेशिक रोजगारीका लागि दुई वर्ष श्रम स्वीकृति दिने प्रावधान हटाएको छ । प्रधानमन्त्रीको निर्णयबाट उक्त प्रावधान हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

गन्तव्य मुलुकमा काम गर्ने करार अवधि र रोजगारदाता र श्रमिकबीच भएको सम्झौताको आधारमा श्रम स्वीकृति दिने नयाँ व्यवस्था गरिएको छ ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो । सरकारले गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा गन्तव्य मुलुकमा रहेका नेपाली कामदारले धेरै समस्या भोग्नुपरेको छ ।

Published Date: 16 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक