वैदेशिक रोजगारीका लागि दुई वर्षको श्रम स्वीकृतिको प्रावधान हटाइयो

वैदेशिक रोजगारीका लागि दुई वर्षको श्रम स्वीकृतिको प्रावधान हटाइयो : Icon Khabar
फाइल फोटो

काठमाडौं, चैत २ । सरकारले वैदेशिक रोजगारीका लागि दुई वर्ष श्रम स्वीकृति दिने प्रावधान हटाएको छ । प्रधानमन्त्रीको निर्णयबाट उक्त प्रावधान हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

गन्तव्य मुलुकमा काम गर्ने करार अवधि र रोजगारदाता र श्रमिकबीच भएको सम्झौताको आधारमा श्रम स्वीकृति दिने नयाँ व्यवस्था गरिएको छ ।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने सबैलाई दुई वर्षको श्रम स्वीकृति दिँदै आएको थियो । सरकारले गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा गन्तव्य मुलुकमा रहेका नेपाली कामदारले धेरै समस्या भोग्नुपरेको छ ।

Published Date: 16 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास