उपराष्ट्रपतिमा सहमति जुटाउन आज १० दलको बैठक बस्दै

उपराष्ट्रपतिमा सहमति जुटाउन आज १० दलको बैठक बस्दै : Icon Khabar

काठमाडौं, चैत २ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसहित १० दलको बैठक आज बस्दैछ । बुधबार साँझ बसेको बैठकमा उपराष्ट्रपतिको आधिकारिक उम्मेदवारबारे कुनै सहमति हुन नसकेपछि आजको बैठक बोलाइएको हो ।

उपराष्ट्रपतिमा १० दलबाट तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारी दिने भनिए पनि जनमत पार्टीले उम्मेदवारी दर्ता गराएको छ । जसपाका रामसहयप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुन् ।

बुधबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts