सन्दीपले दिलाए आक्रामक वासिमको विकेट

सन्दीपले दिलाए आक्रामक वासिमको विकेट : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा निर्णायक खेलमा यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १६.२ ओभरमा २ विकेट गुमाउँदै ९८ रन बनाएको छ । मोहम्मद वासिम ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रनमा एलबीडब्लू आउट गरे ।

 

वृत्य अरविन्द ४२ बलमा २ चौकासहित १९ रनमा क्रिजमा अविजित छन् । दोस्रो विकेटका लागि वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले नवौं ओभरको चौथो बलमा वृत्य अरविन्दलाई ८ रनमा कट एण्ड बोल्ड गर्नबाट चुकेका थिए ।

स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

Published Date: 16 March 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय