सन्दीपले दिलाए आक्रामक वासिमको विकेट

सन्दीपले दिलाए आक्रामक वासिमको विकेट : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा निर्णायक खेलमा यूएईका कप्तान मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १६.२ ओभरमा २ विकेट गुमाउँदै ९८ रन बनाएको छ । मोहम्मद वासिम ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रनमा एलबीडब्लू आउट गरे ।

 

वृत्य अरविन्द ४२ बलमा २ चौकासहित १९ रनमा क्रिजमा अविजित छन् । दोस्रो विकेटका लागि वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले नवौं ओभरको चौथो बलमा वृत्य अरविन्दलाई ८ रनमा कट एण्ड बोल्ड गर्नबाट चुकेका थिए ।

स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन