अमरज्योतिको आयोजनामा शुक्रबार इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने

अमरज्योतिको आयोजनामा शुक्रबार इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने : Icon Khabar

भक्तपुर, चैत्र १ । अमरज्योति मन्टेश्वरी स्कुल कमलविनायक भक्तपुरको आयोजनामा इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने भएको छ। यहि चैत्र ३ गते शुक्रबारको दिन विद्यालयकै प्राङ्गाणमा उक्त कार्यक्रम हुन लागेको हो।

उक्त कार्यक्रममा संस्थागत विद्यालय संघ नेपाल (इसान) मा आबद्व विभिन्न प्रि स्कूलका साना साना विद्यार्थीहरुको सहभागिता रहने छ। स-साना विद्यार्थीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गर्ने र निर्णायक टोलीले सोहि अनुसारको निर्णय गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको अमरज्योति मन्टेश्वरी स्कुलका प्रिन्सिपल किरण गोसाईले जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सा रे ग मा प लिटल च्याम्प २०१९ को टप ४ मा पर्न सफल गायक आयुष केसीको प्रस्तुति पनि रहने छ। निर्णायकको भूमिकामा मोहना खनाल, आशिस नापित, सुमन गैडा, आशिस तामाङ्ग रहने छन्।

अमरज्योति मन्टेश्वरी स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विगत लामो समय देखि शैक्षिक क्षेत्रमा टेवा पुर्याउदै आएको छ। नियमित रूपमा विद्यार्थीहरुको वृति विकास तथा कुशल व्यवहार, सीप विकासको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

सोहि अनुसार प्रि स्कूलमा अध्ययनरत साना साना विद्यार्थीहरुमा लुकिरहेको प्रतिभा प्रस्फुटन गराउने हिसाबले इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको हो।

सो कार्यक्रम बिहान ११ बजे पछि सुरु हुने प्रिन्सिपल गोसाईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2023
Website | + posts




ताजा
‘अनलाइन सञ्चार माध्यम प्रशासन कार्यालयमा दर्ता गर्ने कुरालाई लोकतन्त्र खोसियो नभन्नुस्’: सञ्चार मन्त्री
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आज बिहीबारको राशिफल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण