अमरज्योतिको आयोजनामा शुक्रबार इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने

अमरज्योतिको आयोजनामा शुक्रबार इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने : Icon Khabar

भक्तपुर, चैत्र १ । अमरज्योति मन्टेश्वरी स्कुल कमलविनायक भक्तपुरको आयोजनामा इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट हुने भएको छ। यहि चैत्र ३ गते शुक्रबारको दिन विद्यालयकै प्राङ्गाणमा उक्त कार्यक्रम हुन लागेको हो।

उक्त कार्यक्रममा संस्थागत विद्यालय संघ नेपाल (इसान) मा आबद्व विभिन्न प्रि स्कूलका साना साना विद्यार्थीहरुको सहभागिता रहने छ। स-साना विद्यार्थीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गर्ने र निर्णायक टोलीले सोहि अनुसारको निर्णय गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको अमरज्योति मन्टेश्वरी स्कुलका प्रिन्सिपल किरण गोसाईले जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा सा रे ग मा प लिटल च्याम्प २०१९ को टप ४ मा पर्न सफल गायक आयुष केसीको प्रस्तुति पनि रहने छ। निर्णायकको भूमिकामा मोहना खनाल, आशिस नापित, सुमन गैडा, आशिस तामाङ्ग रहने छन्।

अमरज्योति मन्टेश्वरी स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विगत लामो समय देखि शैक्षिक क्षेत्रमा टेवा पुर्याउदै आएको छ। नियमित रूपमा विद्यार्थीहरुको वृति विकास तथा कुशल व्यवहार, सीप विकासको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

सोहि अनुसार प्रि स्कूलमा अध्ययनरत साना साना विद्यार्थीहरुमा लुकिरहेको प्रतिभा प्रस्फुटन गराउने हिसाबले इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको हो।

सो कार्यक्रम बिहान ११ बजे पछि सुरु हुने प्रिन्सिपल गोसाईले जानकारी दिए।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास