विश्वकप छनोटमा पुग्न नेपालले आज युएईसँग निर्णायक खेल खेल्दै

विश्वकप छनोटमा पुग्न नेपालले आज युएईसँग  निर्णायक खेल खेल्दै : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ ।

नेपालले घरेलु मैदानमा खेलेका पछिल्ला १० खेल मध्य ९ खेलमा जितेको छ । पछिल्ला ९ ओडिआई खेलमा नेपाल टियु मैदानमा पराजित भएको छैन । नेपाल पछिल्लो पटक गत नोभेम्बरमा युएईसँग पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

त्यसपछि उत्कृष्ट पूनरागमनका साथ दुई खेल जितेको थियो । नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा युएईलाई एक खेलमा हराई सकेको छ । घरेलु टोली नेपाललाई हराउन सहज देखिदैन ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी।

युएईको टोली :
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३५ खेलमा १५ मा जित र १७ मा हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३६ खेलमा ५ मा जित र ३० मा हारसहित ११ अंक जोड्दै पुछारमा रहेर अन्त्य गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts