ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु

ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु : Icon Khabar

भैरहवा, चैत १ । ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारबाट सुरु भएको छ । ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भूमि भएको र यहाबाट नयाँ नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप सुरु गरिएको आयोजकको भनाई छ ।

बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गरेको छ । सुरुमा ब्याटिङ्ग गर्न आएको वडा नम्बर ३ ले निर्धारित १५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ बनाएको थियो । उसको लागि मनिराम चौधरीले सर्वाधिक ३५ रन बनाउदा असमान चौधरीले १७ रन र धर्मेन्द्र चौधरीले १६रन बनाए ।

बलिङ्ग तर्फ ओमसतिया ४ का पिन्टु सहानीले ३ विकेट लिए । यस्तै धनन्जय धवल र अमर लिम्बुले समान २÷२ विकेट लिए ।
१ सय २५ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ४ लाई धवल दाजुभाईले सहज जित तर्फ ल्याएका थिए । वडा नम्बर ४ का धनन्जय धवलले अर्धशतकिय पारी खेल्दै आफ्नो टिमलाई जित दिलाए । उनले २२ बलमा ५९ रन बनाउन ७ वटा छक्का र २ वटा चौका प्रहार गरेका थिए । यस्तै सन्जय धवलले २७ रन र पिन्टु सहानीको ८ रनको सहयोगमा खेलको १३ औ ओभरमै वडा नम्बर ४ ले निर्धारित लक्ष्य भेटेको थियो ।
बलिङ्ग तर्फ वडा नम्बर ३ का दिपेन्द्र यादव, सुरेन्द्र, चन्दन र शुसिलले समान १-१ विकेट लिएका थिए ।

द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओम सतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत्र १ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।

भोलीको पहिलो खेल गाउँपालिकाको टिम बि र वडा नम्बर ५ तथा दोश्रो खेल गाउँपालिका टिम ए र वडा नम्बर ६ बिच हुने आयोजकले बताए।

यस अघि प्रतियोगिताको उद्घाटनमा ओमसतियामा राष्ट्रिय स्तरका खेलाडीहरु रहेको र उनीहरुलाई नयाँ पुस्ताले पनि पछ्याउने गरेको कारण युवा खेलाडीहरुलाई यस खेलमा उत्प्रेरित गर्न क्रिकेटको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताए । उनले गाउँपालिकाले क्रिकेटलाई मात्र नभई अन्य खेललाई पनि उत्तिकै सम्मान गरेको र अन्य खेलहरु पनि आयोजना गर्दै जाने बताए ।

द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताको अध्यक्षता एवम गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, ३ का प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर कुमार पाण्डे, ६ का वडा अध्यक्ष शिव कुमार धवलले बोलेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार सहायक मनोज कुमार यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2023
Website | + posts




ताजा
‘अनलाइन सञ्चार माध्यम प्रशासन कार्यालयमा दर्ता गर्ने कुरालाई लोकतन्त्र खोसियो नभन्नुस्’: सञ्चार मन्त्री
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आज बिहीबारको राशिफल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण