ए डिभिजन लिग- एपिएफसँग आर्मीको‌ हार

ए डिभिजन लिग- एपिएफसँग आर्मीको‌ हार : Icon Khabar

काठमाडौं, चैत १ । एपिएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । विभागीय डर्बीमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै एपिएफले चौथो खेलमा दोस्रो जित निकालेको हो । एपिएफको ७ अंकको पुगेको छ । आर्मीको ५ अंक छ ।

च्यासल मैदानमा मणीकुमार लामाको गोलमा एपिएफले महत्वपूर्ण जित निकालेको हो । ३७ औं मिनेटमा मणीले गरेको गोल निर्णायक बनेको थियो । अघिल्लो संस्करणमा एपिएफ र आर्मीले १–१ को बराबरी खेलेका थिए । आर्मीको भने चौथो खेलमा आइपुग्दा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

खेलको १५ औं मिनेटमा पदम तामाङको क्रस फरवार्ड नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मीले अग्रता लिने मोका चुकाएको थियो । २० औं मिनेटमा आर्मीका दिनेश हेन्जनको क्रसलाई विकास खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २८ औं मिनेटमा आमीको नवयुगको पासमा कप्तान भरत खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरिउको थियो । लगत्तै २९ औं मिनेटमा भरतले विपक्षी गोलकिपर बिट भएको अवस्थामा नजिकबाट गरेको प्रहारलाई एपिएफका रक्षकले क्लियर गरे ।

एपिएफले ३७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । विपन श्रेष्ठको क्रस मणीले उत्कृष्ट फिनिसिङ गरेका थिए । ५८ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको फ्रिकिकलाई एपिएफका गोलकिपरले सहजै बचाए । ७७ औं मिनेटमा आर्मीका भरतको क्रस सनिस श्रेष्ठले क्लियर गरे। ८४ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा आएको बललाई टोप विष्टले सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने अवसर गुमेको थियो ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक