ए डिभिजन लिग- एपिएफसँग आर्मीको‌ हार

ए डिभिजन लिग- एपिएफसँग आर्मीको‌ हार : Icon Khabar

काठमाडौं, चैत १ । एपिएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । विभागीय डर्बीमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै एपिएफले चौथो खेलमा दोस्रो जित निकालेको हो । एपिएफको ७ अंकको पुगेको छ । आर्मीको ५ अंक छ ।

च्यासल मैदानमा मणीकुमार लामाको गोलमा एपिएफले महत्वपूर्ण जित निकालेको हो । ३७ औं मिनेटमा मणीले गरेको गोल निर्णायक बनेको थियो । अघिल्लो संस्करणमा एपिएफ र आर्मीले १–१ को बराबरी खेलेका थिए । आर्मीको भने चौथो खेलमा आइपुग्दा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

खेलको १५ औं मिनेटमा पदम तामाङको क्रस फरवार्ड नवयुग श्रेष्ठले भेट्न नसक्दा आर्मीले अग्रता लिने मोका चुकाएको थियो । २० औं मिनेटमा आर्मीका दिनेश हेन्जनको क्रसलाई विकास खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २८ औं मिनेटमा आमीको नवयुगको पासमा कप्तान भरत खवासको प्रहार पहिलो बारको नजिकबाट बाहिरिउको थियो । लगत्तै २९ औं मिनेटमा भरतले विपक्षी गोलकिपर बिट भएको अवस्थामा नजिकबाट गरेको प्रहारलाई एपिएफका रक्षकले क्लियर गरे ।

एपिएफले ३७ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । विपन श्रेष्ठको क्रस मणीले उत्कृष्ट फिनिसिङ गरेका थिए । ५८ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको फ्रिकिकलाई एपिएफका गोलकिपरले सहजै बचाए । ७७ औं मिनेटमा आर्मीका भरतको क्रस सनिस श्रेष्ठले क्लियर गरे। ८४ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा आएको बललाई टोप विष्टले सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने अवसर गुमेको थियो ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास