मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा हुने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा हुने : Icon Khabar

काठमाडौं, चैत १ । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको छ ।

भेलो एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यता हुने एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवस अप्रिल ६ को अवसरमा आयोजना हुने राष्ट्रिय भेला अन्तर्गत “शान्ती र समृद्धीको लागि खेलकुद“ भन्ने नारा सहित विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भएको उपमहासचिव श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गत पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन समेत आयोजना हुनेछ । सो प्रतियोगिताका लागि एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्वमा तयारी समिति गठन भएको एकेडेमीले जनाएको छ भने अन्य विभिन्न १५ वटा राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत राष्ट्रिय भेलामा घोषणा गरिने छ ।

त्यसै गरी राष्ट्रिय भेलामा ७७ जिल्लाका साथै ७ सय ५३ वटै पालिका कमिटीहरु पनि घोषणा गरिने भएको छ । एकेडेमीले प्रतिनिधिहरुको नाम पठाउन २०७९ साल चैत्र ०७ गते सम्म आह्वान समेत गरेको छ ।

भेला लाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरी परिचालन गरिएको एकेडेमीले जनाएको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक