मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा हुने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला लुम्बिनीमा हुने : Icon Khabar

काठमाडौं, चैत १ । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला विश्व शान्ती तपोबन भूमी लुम्बिनीमा हुने भएको छ । उक्त भेला आगामी चैत्र २३ गते हुने भएको र सोको तयारी समेत थालिएको एकेडेमीले जनाएको छ ।

भेलो एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यता हुने एकेडेमीकी उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवस अप्रिल ६ को अवसरमा आयोजना हुने राष्ट्रिय भेला अन्तर्गत “शान्ती र समृद्धीको लागि खेलकुद“ भन्ने नारा सहित विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भएको उपमहासचिव श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गत पिस ओपन महिला तथा पुरुष हाफ म्याराथन समेत आयोजना हुनेछ । सो प्रतियोगिताका लागि एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्वमा तयारी समिति गठन भएको एकेडेमीले जनाएको छ भने अन्य विभिन्न १५ वटा राष्ट्रियस्तरका प्रतियोगिताहरु समेत राष्ट्रिय भेलामा घोषणा गरिने छ ।

त्यसै गरी राष्ट्रिय भेलामा ७७ जिल्लाका साथै ७ सय ५३ वटै पालिका कमिटीहरु पनि घोषणा गरिने भएको छ । एकेडेमीले प्रतिनिधिहरुको नाम पठाउन २०७९ साल चैत्र ०७ गते सम्म आह्वान समेत गरेको छ ।

भेला लाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरी परिचालन गरिएको एकेडेमीले जनाएको छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास