तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन

तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन : Icon Khabar

काठमाडौं, चैत १ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई परिपत्र जारी गर्दै तीन दिनभित्र आफ्ना कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव कमनसिंह थापाले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ, ‘मन्त्रालयले संगठनात्मक संरचनाअनुसारको कर्मचारी भर्ना संरचनाअनुसार तीन दिनभित्र संघीय कार्यालयहरूलाई आफ्ना कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन भनेको छ । मन्त्रालय र सङ्घीय कार्यालय र सम्बन्धित संवैधानिक निकायबीच सहमति भएको हो ।

परिपत्र मार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत पद, भर्ना, रिक्त पद, अस्थायी, सरुवा आदि विवरण समेत माग गरेको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक