तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन

तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन : Icon Khabar

काठमाडौं, चैत १ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विवरण बुझाउन संघीय कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई परिपत्र जारी गर्दै तीन दिनभित्र आफ्ना कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव कमनसिंह थापाले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ, ‘मन्त्रालयले संगठनात्मक संरचनाअनुसारको कर्मचारी भर्ना संरचनाअनुसार तीन दिनभित्र संघीय कार्यालयहरूलाई आफ्ना कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन भनेको छ । मन्त्रालय र सङ्घीय कार्यालय र सम्बन्धित संवैधानिक निकायबीच सहमति भएको हो ।

परिपत्र मार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत पद, भर्ना, रिक्त पद, अस्थायी, सरुवा आदि विवरण समेत माग गरेको छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास