भारतको नागरिकता नभएका बलिउडका कलाकारहरु

भारतको नागरिकता नभएका बलिउडका कलाकारहरु : Icon Khabar

मुम्बई, चैत १ । बलिउड अभिनेता अक्षय कुमार अहिले आफ्नो नागरिकताका कारण चर्चामा छन् । सबैभन्दा बढी कर तिर्ने अक्षयसंग भारतको नागरिकता भने छैन ।

यद्यपि, अहिले उनले भारतीय पार्सपोर्टका लागि आवेदन दिएका छन् । अक्षयबाहेक बलिउडमा त्यस्ता धेरै कलाकार छन्, जोसंग भारतको नागरिकता छैन ।

अक्षय कुमारले आफ्नो क्यानडाको पासपोर्ट छाड्न लागेका छन् । त्यस्तै उनले भारतीय पासपोर्टका लागि निवेदन पनि दिएका छन् ।

त्यस्तै बलउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोण, जो बलिउडमा अभिनेताभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री भनेर आफ्नो छुट्टै स्थान बनाउन सफल छिन् । भारतीय दर्शकमाझ लोकप्रिय बनेकी अभिनेत्री दीपिका पादुकोणसंग डेनमार्कको पासपोर्ट छ । उनको जन्म डेनमार्कमा नै भएको हो ।

बलिउडमा बढी पारिश्रमिक लिने अर्की अभिनेत्री आलिया भट्ट बेलायती नागरिक हुन् । भारतमा पहिचान बनाएकी आलियाकी आमा सोनी राजदान बेलायतीमूलकी हुन् ।

वर्षौंदेखि बलिउडमा काम गर्दै आएकी अभिनेत्री कट्ररीना कैफसंग बेलायती पासपोर्ट छ । अभिनेत्री नरगिस फाखरीसंग पनि अमेरिकन पासपोर्ट छ । त्यस्तै, बलिउड अभिनेता इमरान खानसंग अमेरिकी पासपोर्ट छ । उनी आमिर खानका भान्जा पनि हुन् ।

त्यस्तै अभिनेत्री ज्याकलीन फर्नांडिस श्रीलंकाकी नागरिक हुन् । ज्याकलीनका बुबा श्रीलंका र आमा मलेशियाका नागरिक हुन् । बलिउड र साउथकी सुन्दर अभिनेत्री एमी ज्याक्सनसंग पनि बेलायतको नागरिकता रहेको छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास