भारतको नागरिकता नभएका बलिउडका कलाकारहरु

भारतको नागरिकता नभएका बलिउडका कलाकारहरु : Icon Khabar

मुम्बई, चैत १ । बलिउड अभिनेता अक्षय कुमार अहिले आफ्नो नागरिकताका कारण चर्चामा छन् । सबैभन्दा बढी कर तिर्ने अक्षयसंग भारतको नागरिकता भने छैन ।

यद्यपि, अहिले उनले भारतीय पार्सपोर्टका लागि आवेदन दिएका छन् । अक्षयबाहेक बलिउडमा त्यस्ता धेरै कलाकार छन्, जोसंग भारतको नागरिकता छैन ।

अक्षय कुमारले आफ्नो क्यानडाको पासपोर्ट छाड्न लागेका छन् । त्यस्तै उनले भारतीय पासपोर्टका लागि निवेदन पनि दिएका छन् ।

त्यस्तै बलउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोण, जो बलिउडमा अभिनेताभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री भनेर आफ्नो छुट्टै स्थान बनाउन सफल छिन् । भारतीय दर्शकमाझ लोकप्रिय बनेकी अभिनेत्री दीपिका पादुकोणसंग डेनमार्कको पासपोर्ट छ । उनको जन्म डेनमार्कमा नै भएको हो ।

बलिउडमा बढी पारिश्रमिक लिने अर्की अभिनेत्री आलिया भट्ट बेलायती नागरिक हुन् । भारतमा पहिचान बनाएकी आलियाकी आमा सोनी राजदान बेलायतीमूलकी हुन् ।

वर्षौंदेखि बलिउडमा काम गर्दै आएकी अभिनेत्री कट्ररीना कैफसंग बेलायती पासपोर्ट छ । अभिनेत्री नरगिस फाखरीसंग पनि अमेरिकन पासपोर्ट छ । त्यस्तै, बलिउड अभिनेता इमरान खानसंग अमेरिकी पासपोर्ट छ । उनी आमिर खानका भान्जा पनि हुन् ।

त्यस्तै अभिनेत्री ज्याकलीन फर्नांडिस श्रीलंकाकी नागरिक हुन् । ज्याकलीनका बुबा श्रीलंका र आमा मलेशियाका नागरिक हुन् । बलिउड र साउथकी सुन्दर अभिनेत्री एमी ज्याक्सनसंग पनि बेलायतको नागरिकता रहेको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक