वीरगंजबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

वीरगंजबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ : Icon Khabar

पर्सा, चैत १ । वीरगंज महानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.५ ख ५८९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक