वीरगंजबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

वीरगंजबाट नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ : Icon Khabar

पर्सा, चैत १ । वीरगंज महानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.५ ख ५८९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास