प्रधानमन्त्री दाहालले आगामी सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आगामी सोमबार विश्वासको मत लिने : Icon Khabar

काठमाडौँ, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते,साेमबार विश्वासको मत लिने भएका छन् । एमाले र राप्रपाले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।

कांग्रेस नेतृत्वका साथ नयाँ गठबन्धन बनेपछि सरकारबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिसकेका छन् । रास्वपा भने सरकारबाट बाहिरिएपनि समर्थन भने कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गरिने भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका सांसद तथा मन्त्रीलाई आउँदाे साेमबार अन्य कुनै कार्यक्रम नपार्न निर्देशन दिइसकेका छन् ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास