नेपाल–बंगलादेशको कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको उपलक्ष्यमा ढाकामा संस्कृति महोत्सव २०२३ को आयोजना

नेपाल–बंगलादेशको कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको उपलक्ष्यमा ढाकामा संस्कृति महोत्सव २०२३ को आयोजना : Icon Khabar

काठमाडौँ, चैत १ । बंगलादेशका शिक्षामन्त्री डा दिपु मोनी, सांसद र बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार साँझ बंगलादेशमा आयोजित एक विशेष समारोहका बीच पाँचदिने नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३ को संयुक्त रूपमा उद्घाटन गरे ।

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा यही चैत १४–१८ सम्म आयोजना गर्न लागेको हो ।

सो अवसरमा बोल्दै राजदूत भण्डारीले नेपाल–बंगलादेश मित्रताको जगको रुपमा रहेको घनिष्ट सांस्कृतिक र भाषिक सम्बन्धलाई जोडदिए । उनले महोत्सवले दुई देशबीचको कलात्मक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद डा. दिपु मोनीले समृद्ध र जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा दुवै पक्षले गरेको प्रयासको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वलाई प्रकाश पारे ।

उद्घाटन समारोहमा कूटनीतिज्ञ, कलाकार, विद्वान, विद्यार्थी र सबै क्षेत्रका व्यक्तिहरू सहित २५० भन्दा बढी अतिथिहरूको उपस्थिति थियो। महोत्सवमा बंगलादेश शिल्पकला एकेडेमीको नेशनल आर्ट ग्यालरीमा नेपाल र बंगलादेशका कलाकृतिहरू प्रदर्शन गर्ने पाँच दिन लामो चित्रकला र फोटोग्राफी प्रदर्शनी समावेश छ। प्रदर्शनीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिनेछ ।

बुधबार दुवै देशका कलाकारहरूको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम हुनेछ। महोत्सवको समापन समारोह १८ मार्च २०२३ मा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय चित्रशाला प्लाजा अडिटोरियममा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2023
Website | + posts




ताजा
सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित
आज मंगलबारको राशिफल
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित