नेपाल–बंगलादेशको कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको उपलक्ष्यमा ढाकामा संस्कृति महोत्सव २०२३ को आयोजना

नेपाल–बंगलादेशको कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठको उपलक्ष्यमा ढाकामा संस्कृति महोत्सव २०२३ को आयोजना : Icon Khabar

काठमाडौँ, चैत १ । बंगलादेशका शिक्षामन्त्री डा दिपु मोनी, सांसद र बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मंगलबार साँझ बंगलादेशमा आयोजित एक विशेष समारोहका बीच पाँचदिने नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३ को संयुक्त रूपमा उद्घाटन गरे ।

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा यही चैत १४–१८ सम्म आयोजना गर्न लागेको हो ।

सो अवसरमा बोल्दै राजदूत भण्डारीले नेपाल–बंगलादेश मित्रताको जगको रुपमा रहेको घनिष्ट सांस्कृतिक र भाषिक सम्बन्धलाई जोडदिए । उनले महोत्सवले दुई देशबीचको कलात्मक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद डा. दिपु मोनीले समृद्ध र जीवन्त कला र सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा दुवै पक्षले गरेको प्रयासको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्वलाई प्रकाश पारे ।

उद्घाटन समारोहमा कूटनीतिज्ञ, कलाकार, विद्वान, विद्यार्थी र सबै क्षेत्रका व्यक्तिहरू सहित २५० भन्दा बढी अतिथिहरूको उपस्थिति थियो। महोत्सवमा बंगलादेश शिल्पकला एकेडेमीको नेशनल आर्ट ग्यालरीमा नेपाल र बंगलादेशका कलाकृतिहरू प्रदर्शन गर्ने पाँच दिन लामो चित्रकला र फोटोग्राफी प्रदर्शनी समावेश छ। प्रदर्शनीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिनेछ ।

बुधबार दुवै देशका कलाकारहरूको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम हुनेछ। महोत्सवको समापन समारोह १८ मार्च २०२३ मा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय चित्रशाला प्लाजा अडिटोरियममा हुनेछ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास