हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई विराटनगरका मेयरको निर्देशन

हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई विराटनगरका मेयरको निर्देशन : Icon Khabar

विराटनगर, चैत १ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ मा हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई निर्देशन दिएका छन् ।

मेयर कोइरालाले ठेकेदारका प्रतिनिधिलाई महानगरीय कार्यालयमा बोलाएर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् । कोइरालाले गुणस्तरीय सडक नहुँदा स्थानीय जनताको समस्यालाई ध्यानमा राखी निर्माणलाई तीव्रता दिन ठेकेदारलाई आग्रह गरे ।

कोइरालाले विराटनगर–५ गणेशचोकदेखि केशलिया पुलसम्मको ३.१९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएका चुनौतीका बारेमा ठेकेदार प्रतिनिधिसँग पनि छलफल गरेका थिए ।

निर्माण सम्पन्न गरिसक्नु पर्ने जिम्मा भूमि कन्स्ट्रक्सनलाई दिइएको थियो तर, निर्माणाधीन काम अलपत्र परेपछि भूमि कन्स्ट्रक्सनले सञ्चारविहीन भएपछि निर्माणको जिम्मा देव र सागर कन्स्ट्रक्सनलाई दिएको इञ्जिनीयरले बताए ।

Published Date: 15 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक