हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई विराटनगरका मेयरको निर्देशन

हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई विराटनगरका मेयरको निर्देशन : Icon Khabar

विराटनगर, चैत १ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ मा हुलाकी सडक निर्माणलाई तीव्रता दिन ठेकेदारलाई निर्देशन दिएका छन् ।

मेयर कोइरालाले ठेकेदारका प्रतिनिधिलाई महानगरीय कार्यालयमा बोलाएर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन् । कोइरालाले गुणस्तरीय सडक नहुँदा स्थानीय जनताको समस्यालाई ध्यानमा राखी निर्माणलाई तीव्रता दिन ठेकेदारलाई आग्रह गरे ।

कोइरालाले विराटनगर–५ गणेशचोकदेखि केशलिया पुलसम्मको ३.१९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएका चुनौतीका बारेमा ठेकेदार प्रतिनिधिसँग पनि छलफल गरेका थिए ।

निर्माण सम्पन्न गरिसक्नु पर्ने जिम्मा भूमि कन्स्ट्रक्सनलाई दिइएको थियो तर, निर्माणाधीन काम अलपत्र परेपछि भूमि कन्स्ट्रक्सनले सञ्चारविहीन भएपछि निर्माणको जिम्मा देव र सागर कन्स्ट्रक्सनलाई दिएको इञ्जिनीयरले बताए ।

Published Date: 15 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास