मनिषले पेनाल्टी चुकाउँदा संकटा र चर्च ब्वाइज बराबर

मनिषले पेनाल्टी चुकाउँदा संकटा र चर्च ब्वाइज बराबर : Icon Khabar

काठमाडौं, फागुन ३० । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो।

१६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेको प्रहार क्रसबारमा लागेर बाहिरिंदा संकटा अघि बढ्नबाट बन्चित भयो ।

१८ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिने सुवर्ण अवसर गुमायो । अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट खेलेको पासलाई आशिष चापागाईंले नियन्त्रणमा लिँदै प्रहार गरेका थिए । तर वन भर्सेस वनको स्थितिमा संकटाका लागि डेब्यु गरिरहेका गोलरक्षक विष्णु कुमार केसीले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित बराबरीमा राखे ।

४३ औं मिनेटमा कर्नरमा क्लियर हुन नसकेको बलमा बियिक बियिकले गरेको प्रहार एरिक विष्टले गोललाइन अगाडिबाट क्लियर गर्दै संकटालाई अग्रता लिन दिएनन् ।

दोस्रो हाफको मध्यतिर संकटाको अग्रता लिने प्रयासमा मनोज राई बाधक बने । इन्ज्युरी समयमा दुवै टोलीले अग्रता लिने अवसर गुमाए । मिलन राईको क्रसमा अन्जन विष्टको हेडर सिधै गोलरक्षक विष्णुको हातमा पुग्यो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेले वन भर्सेस वनको अवस्थामा गोलरक्षक एभ्स प्रिसोलाई बिट गर्न सकेनन् ।

इन्ज्युरी समयमा संकटाले पेनाल्टीको अवसर पायो । कमल श्रेष्ठले क्रस रोक्ने क्रममा हात प्रयोग गरेको भन्दै रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिए । मनिष डाँगीको पेनाल्टी गोलरक्षक प्रिसोले विफल पारे । लगत्तै रिबाउन्डमा गरेको प्रहार बाहिरिंदा खेल बराबरी भएको हो ।

यस नतिजासँगै चर्च ब्वाइज अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा यथावत छ । चर्च ब्वाइजको ४ खेलमा १० अंक छ । संकटा ४ खेलमा ५ अंकका साथ आठौँ स्थानमा छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास