नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि

नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि : Icon Khabar
नेकोस जुडो बारे जानकारी गराउदै आयोजक

काठमाडौं, फागुन ३० । नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

नयाँबजारस्थित एमएमएसी हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा सबक्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ देखि १८ वर्षमुनि) र जुनियर (१५ देखि २१ वर्षमुनि) गरी तीन उमेर समूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

खेलाडीको उमेर अङ्ग्रेजी क्यालेन्डर अनुसार मापन गरिएको पनि श्रेष्ठले बताए । प्रतियोगिता अघि चैत १ र २ गते रेफ्री सेमिनार र तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटान र जापानसहित नेपालका विभिन्न जिल्लाहरू बाँके, दाङ, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर, भक्तपुर, पर्सा तथा काठमाडौंसहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, सङ्घसंस्था समेत १९ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जुनियरतर्फ क्रमश: राष्ट्रिय टिम ‘ए’, टिम ‘बी’ र टिम ‘सी’ बनाइने बताइएको छ । प्रतियोगितामा महिला तर्फ एक सय चार र पुरुषमा एक ४९ गरी कुल दुई सय ५३ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक