नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि

नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि : Icon Khabar
नेकोस जुडो बारे जानकारी गराउदै आयोजक

काठमाडौं, फागुन ३० । नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

नयाँबजारस्थित एमएमएसी हलमा आयोजना हुने दुई दिने प्रतियोगितामा सबक्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ देखि १८ वर्षमुनि) र जुनियर (१५ देखि २१ वर्षमुनि) गरी तीन उमेर समूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

खेलाडीको उमेर अङ्ग्रेजी क्यालेन्डर अनुसार मापन गरिएको पनि श्रेष्ठले बताए । प्रतियोगिता अघि चैत १ र २ गते रेफ्री सेमिनार र तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटान र जापानसहित नेपालका विभिन्न जिल्लाहरू बाँके, दाङ, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर, भक्तपुर, पर्सा तथा काठमाडौंसहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, सङ्घसंस्था समेत १९ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जुनियरतर्फ क्रमश: राष्ट्रिय टिम ‘ए’, टिम ‘बी’ र टिम ‘सी’ बनाइने बताइएको छ । प्रतियोगितामा महिला तर्फ एक सय चार र पुरुषमा एक ४९ गरी कुल दुई सय ५३ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास