चैत्र ९ बाट जगदम्बा स्टील्स १३औँ जीतपुर सिमरा गोल्ड कप २०७९ हुने

चैत्र ९ बाट जगदम्बा स्टील्स १३औँ जीतपुर सिमरा गोल्ड कप २०७९ हुने : Icon Khabar

बारा, फागुन ३० । जीतपुर सिमरा उपमहानगरपालिमा जगदम्बा स्टील्स.१३ औँ जीतपुर सिमरा गोल्ड कप २०७९ हुने भएको छ । जगदम्बा मोटर्सको मूख्य प्रायोजनमा जन जागृति युवा क्लब सिमरा, बाराको आयोजनामा यहि चैत्र ९ गते बिहीबारबाट सिमरा रंगशाला फ्लड लाईटमा हुने भएको छ ।

जगदम्बा स्टील्स लि. सिमरा पावर्ड बाई जगदम्बा मोटर्सको मूख्य प्रायोजनमा र सुर्य नेपाल, हुलास स्टीलको सहप्रायोजकमा हुने उक्त प्रतियोगितामा टुर्नामेण्ट सपोर्टरमा रा.खे.प. र एन्फा रहेको छ । प्रतियोगितामा  गत वर्षको बिजेता एनआरटी, गतवर्षको उप विजेता एपिएफसी, हिमालयन शेर्पा क्लब, चर्च बोयज युनाईटेड, सातदोबाटो युथ क्लब, केबि एग्लोबल बिएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, बीरगंज युनाईटेड र आयोजकनव जन जागृति युवा क्लबगरी दस क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा  प्रथम पुरस्कार रु. दस लाख र द्वितिय पुरस्कार रु. पाँच लाख रहने छ । त्यसै गरी सर्वोकृष्ट खेलाडी पुरस्कार मोटरसाईकल/स्कुटी एक थान रहेको छ । त्यसै उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक,हाई स्कोरर लाई विभिन्न विधामा रु २०,०००/– का दरले पुरस्कार रहेका छन् भने स्थानिय उदयीमान खेलाडी पुरस्कार रु.१५,०००/– रहने र प्रत्येक दिनको उत्कृष्ठ खेलाडी म्यान अफ दी म्याच रु.१०,०००/- रहने जनाएको छ ।

आज सोमबार जन जागृति युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगीतामा टुर्नामेण्ट प्रमोटर नेपाल खेलकुद पत्रकार मञ्च, बारा, ब्रोडकाष्टिङ्ग पार्टनर गोल नेपाल डट कम, टुर्नामेण्ट ईन्सुरेन्स पार्टनर लुम्बिनी जनरल ईन्सुरेन्स क.लि. वीरगंज, टुर्नामेण्ट लण्ड्री पार्टनर यु.आर.अटोमेटिक लण्ड्री सिमरा, टुर्नामेन्ट मेडिकल पार्टनर एल. एस. न्युरो हस्पिटल बीरगंज, स्टार पोलि क्लिनिक, सुसप्त मेडिकल सिमरा रहेको बताए ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

चैत्र १८ गते शनिवार सम्म संचालन हुने प्रतियोगीतामा विद्यार्थीहरुको लागि ५०% छुटकोलागि विद्यार्थी परिचयपत्र अनिवार्य, अपाङ्ग, अशक्त र ७० वर्ष भन्दामाथि पुरै छुट र अपाङ्गमैत्री क्षेत्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts