मुखको दुर्गन्धले हैरान हुनुहुन्छ ? यी उपायहरु अपनाउनुस

मुखको दुर्गन्धले हैरान हुनुहुन्छ ? यी उपायहरु अपनाउनुस : Icon Khabar

काठमाडौँ, फागुन ३० । मुखको दुर्गन्ध केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुःखदायी हुन्छ। किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहँदैनन्। सधै टाढै रहन खोज्ने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ।

आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस गर्न सकिन्छ। आफूसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्यो वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ कि आफ्नो सासमा दुर्गन्ध छ। जसलाई हटाउन या कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ।
यहाँ मुखको दुर्गन्ध हटाउन पहिलो उपचार खानामा रेसादार रफाइबरयुक्त सब्जी समाबेश गर्नुहोस्।

एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस् । यसले मुखको अम्लियपना कम गरेर सासको दुर्गन्धलाई कम गर्छ।

बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ।

तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुहोस्।

जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ।

हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चपाउने गर्नुहोस्।

पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई तीन पटकसम्म कुल्ला गर्नाले पनि सासको दुर्गन्धलाई कम गर्न सकिन्छ।

प्रशस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस्। यसले पाचन प्रणालीलाई सफा राखेर सासको दुर्गन्धन घटाउन सकिन्छ।

हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस्।

बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस्।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास