सरकारको चालु आवको पहिलो ६ महिनाको राजश्व संकलनको लक्ष्य आठ महिनामा पनि पूरा हुन सकेन

सरकारको चालु आवको पहिलो ६ महिनाको राजश्व संकलनको लक्ष्य आठ महिनामा पनि पूरा हुन सकेन : Icon Khabar

काठमाडौं, फागुन ३० । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको राजश्व संकलनको लक्ष्य आठ महिनामा पनि पूरा गर्न सकेको छैन । चालु आर्थिक वर्षको आठ महिनाको अन्त्यसम्ममा लक्षित राजस्व सङ्कलन र वास्तविक सङ्कलनबीच ठूलो अन्तर छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात फागुन मसान्तसम्ममा ६ खर्ब ५१ अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षको आठ महिना सकिन एक दिन मात्र बाँकी रहँदा ५ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ४० दशमलव ७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु आवको लक्ष्यको ४० दशमलव ७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । सरकारले चालु आवको ६ महिनामा लक्ष्यभन्दा ८० अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा रु एक अर्ब २९५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस अवधिमा सरकारले ५ खर्ब १६ अर्ब अर्थात ३९ दशमलव ८४ प्रतिशत कर राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा १०७ अर्ब रुपैयाँ गैरकर राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि हालसम्म लक्ष्यको ५१ दशमलव १ प्रतिशत अर्थात् ५४ अर्ब ९७ करोड मात्रै सङ्कलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा अनुदान स्वरुप रु ५५ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । यस शीर्षकमा हालसम्म लक्ष्यको ८ दशमलव ६६ प्रतिशत अर्थात ४८ अर्ब रुपैयाँ मात्रै अनुदान दिइएको छ । सरकारले चालु आवको ६ महिनासम्मको अवधिमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित