मंगलबार नेप्से परिसूचक १.८५ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक १.८५ अंकले वृद्धि : Icon Khabar

काठमाडौं, फागुन ३० । मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको हो।

नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ । मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ ।

Published Date: 14 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास