मंगलबार नेप्से परिसूचक १.८५ अंकले वृद्धि

मंगलबार नेप्से परिसूचक १.८५ अंकले वृद्धि : Icon Khabar

काठमाडौं, फागुन ३० । मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको हो।

नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ । मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ ।

Published Date: 14 March 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक